नेपाल शैक्षिक परामर्श संघ पूर्वाञ्चलको नयाँ कार्यसमिति चयन

<span class='c1'>नेपाल शैक्षिक परामर्श संघ</span> <span class='c2'>पूर्वाञ्चलको नयाँ कार्यसमिति चयन</span>

विराटनगर मङ्सिर २८ ,  नेपाल शैक्षिक परामर्श संघ पूर्वाञ्चल शाखाको पाँचौं अधिवेशनबाट रबि कुमार गुप्ताको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

पूर्वाञ्चल शाखाको पाँचौं अधिवेशन सम्पन्न भएपछि संघको नयाँ कार्यसमिति घोषणा गरिएको छ। रबि कुमार गुप्ता अध्यक्ष चयन भएका छन् भने हेम जीवन निरौला निवर्तमान अध्यक्ष रहेका छन्। उपाध्यक्षमा दुर्लभ कार्की, सचिवमा गोपाल निरौला, र कोषाध्यक्षमा कविता पाण्डे निर्वाचित भएका छन्।

सदस्यहरूमा किरण राइ, अनुभव दाहाल, जुगल चौधरी, र आशुतोष झा रहेका छन्।

संघले आगामी कार्यकालमा शैक्षिक परामर्श सेवामा विस्तार, विद्यार्थीहरूका लागि मार्गदर्शन, र क्षेत्रीय विकासमा योगदान पुर्याउने उद्देश्य लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्