एमालेमा विराटनगरबाट केन्द्रमा उमेदवारी दिनेका लाइन

<span class='c1'>एमालेमा विराटनगरबाट केन्द्रमा</span> <span class='c2'>उमेदवारी दिनेका लाइन</span>

विराटनगर । नेकपा एमालेको एघरौं महाधिवेशनमा विराटनगरबाट पाँच नेताले केन्द्रीय सदस्यमा उमेदवारी दिने भएको छन् । मोरङबाट केन्द्रीय कमिटीमा आकांक्षा राख्ने सातमध्ये पाँचजना विराटनगरका हुन् । यी नयाँ अनुसार काठमाण्डौंको भृकुटीमण्डपमा नेतृत्वका उमेदवारी दिने तयारीमा फारम लिने लाइनसम्म पुगेका छन् । यद्यपी उनीहरुको उमेदवारी कुन समूहबाट हुन्छ भन्ने खुलेको छैन ।

मोरङबाट केन्द्रीय सदस्यमा नरेश पोखरेल, ऋषिकेश पोखरेल, सत्यनारायण चौधरी, पर्शुराम वस्नेत, शान्ति लिम्वु, विमला दाहाल घिमिरे, खेम नेपालीले केन्द्रीय सदस्यमा आकांक्षा देखाउनमा पर्दछन् । यसैगरी बिनोद ढकालको सचिव उमेदवारीको दावी पहिल्यैदेखिको हो । मोरङबाट यसअघि केन्द्रीय सदस्य हुनुभएका जीवन घिमिरे, युवराज बास्कोटा, रामलाल साह, मोति दुगड सोही पदमा दोहोरिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्