विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की केन्द्रीय सदस्यको उमेदवारको सूचीमा परेकी छिन् । ओली पक्षले आफ्नो प्यानलको टुंगो लगाउँदा कार्कीलाई समेत केन्द्रीय सदस्यमा समेटिएको हो । ओली प्यानलबाट मोरङ जिल्लाबाट ६ जना नेताहरू परेका छन् ।
ओली पक्षको सूचीमा मोरङबाट उपाध्यक्ष गुरुप्रसाद बराल छन् । केन्द्रीय सदस्यतर्फको भूगोल कोटाबाट जीवन घिमिरे उम्मेदवार बन्ने भएका छन्। मधेसी कोटाबाट दिलिप बगडिया उम्मेदवार बन्दा खुल्लातर्फ पूर्वमन्त्री लालबाबु पण्डित र ऋषिकेश पोखरेल समेटिएका छन्। त्यसैगरी, महिला कोटाबाट शिल्पा निराला कार्की उमेदवार बन्ने भएकी हुन् ।
यसैगरी इश्वर पक्ष प्यानलबाट मोरङका नेता बिनोद ढकाल सचिव पदको उमेदवार बनेका छन् । त्यस बाहेक मोरङबाट युवराज बास्कोटासहित केन्द्रीय सदस्यको उमेदवार बनेका छन् ।