विराटनगरमा रात्रीकालिन होटल व्यवसाय, अवस्था हेरेर थप कडाई गर्ने तयारीमा प्रशासन

<span class='c1'>विराटनगरमा रात्रीकालिन होटल व्यवसाय, अवस्था हेरेर</span> <span class='c2'>थप कडाई गर्ने तयारीमा प्रशासन</span>

विराटनगर । विराटनगर महानगरपालिका भित्रका होटल तथा व्यवसाय रात्रीकालिन सञ्चालनका लागि स्थानीय प्रशासनले केहि कडाई गर्ने भएको छ । यसका लागि शान्ति सुरक्षालाई मध्यनजर गरिने छ ।

विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनका लागि २०८० फागुन १६ गते विराटनगर महानगरपालिकाको समन्वयमा सरोकारवाला पक्षसँग भएको सहमति अनुसार चैत १६ गते स्थानीय प्रशासनले ९ बजेको समय सीमालाई १० बजेसम्म होटल सञ्चालनमा सहजीकरण गर्न थालेको थियो । होटल व्यवसायीले ११ बजेसम्मको माग राखेपछि त्यसमा पनि केहि सहजीकरण भइरुहेको थियो । राती ११ बजेसम्म सभ्य र शिष्टचारलाई कायम राख्दै सञ्चालन गर्न पाउने भएपनि अहिले १० बजेपछि बन्द गर्नुपर्ने मनोविज्ञान स्थानीय प्रशासनमा छ ।

कतिपय होटल व्यवसायीले दोहोरो मापदण्डमा होटल सञ्चालन भइरहेको गुनासो गरेका छन् । जस अनुसार कसैलाई रातभर पनि र कसैलाई १० बजेपछि बन्द गर्नुपर्ने निर्देशन प्रहरी प्रशासनबाट हुने गरेको भनाई छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले तारे होटल बाहेक रेष्टुरेन्ट र मध्यमस्तरका होटलको हकमा अवस्था हेरेर मात्रै निर्णय लिनसक्ने स्थिति रहेको बताए । उनले सहजीकरण गरेपछि त्यहि अनुसारको अनुसाशन पालना हुन नसकेका थुप्रै घटनाहरु रहेको बताएका छन् । उनले दोहोरो मापदण्ड भन्दा पनि ठूला होटलले रातभर आफ्ना परिसरमा सेवाग्राहीलाई दिने सेवा जस्तो अन्य रोष्टुरेन्ट तथा मध्यमस्तरका होटलमा सुविधा नरहेको उनको भनाई छ ।

त्यसैले आन्तरिक रुपमा सहज व्यवस्थापन गर्नसक्ने अवस्था भएका तारे होटल बाहेक स्थिति हेरेर मात्रै निर्णय लिनुपर्ने उनको भनाई छ । रात्रीकालिन होटल व्यवसायीले केहि सहज भएको पर्यटन व्यवसायीको भनाई छ । त्यसको नतिजा सकारात्मक पनि देखिदै आएको छ । तर, होटलमा पनि विभिन्न प्रकार छन् । तारे, पर्यटकीयस्तर, मझौला र साना होटलका आ–आफ्नै सेवा रहेका छन् । अझै विराटनगरका गीत गजल तथा रेष्टु–राँ फरक शैलीमा सञ्चालनमा रहेका छन् ।कतिपय रेष्टुरेन्टमा विगतमा भएका घटनाले प्रशासनलाई झस्काएको छ । त्यस्ता घटना हुन नदिने प्रतिवद्धता पहिलो सञ्चालककै हुनुपर्ने प्रसाशनको बुझाई छ ।

रात्रीकालिन होटल व्यवसाय सञ्चालनका लागि स्थानीय प्रशासनले समन्वय गरेको भएपनि अहिले होटल क्षेत्रमा मात्रंै यसको प्रयोग भइरहेको छ । बाँकी व्यवसाय सञ्चालनको स्थिति भने रातीलाई अहिलेसम्म अनुकुल बन्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्