विराटनगर । मोरङमा निर्वाचन तयारीका लागि स्थानीय प्रशासनले आन्तरिक तयारीलाई तिव्र बनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले निर्वाचन लक्षित सुरक्षा व्यवस्थापनको कामलाई तिव्र बनाउँदै लगेको हो ।
्आगामी फागुन २१ गते निर्वाचनको मिति तय भएको छ । त्यसका लागि मोरङका १७ स्थानीय तहमा ३०६ मतदानस्थल रहने तय गरिएको छ । यी मतदानस्थलमा ८३९ मतदान केन्द्र रहने छन् । निर्वाचनका लागि सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी मतदान केन्द्रको बर्गिकरण समेत गरिसकिएको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार जिल्लाभर ४७ मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । यसैगरी संवेदनशील मतदानस्थल १२५ रहेका छन् । बाँकी सामान्य १३४ रहेका छन् ।
स्थानीय प्रशासनले जिल्लाभरका सबै मतदानस्थलको स्थलगत अवलोकन गरेर फर्किएको छ । निर्वाचनको तयारीका लागि स्थानीय प्रशासनले गर्नुपर्ने काम गरिरहेको र सुरक्षा सक्रियता समेत बढाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले जानकारी दिएका छन् ।