विराटनगर । नेकपा एमालेका पुराना र इमान्दार नेता मानिएका लालबाबु पण्डितले केपी ओलीको आग्रहलाई अस्वीकार गरेका छन् । संस्थापन पक्षले केन्द्रीय सदस्यको लिष्टमा राखेपछि पण्डितले सचिव पदमा उम्मेदवारी दर्ता गराएर ओलीको एकलौटी निर्णय अस्वीकार गरेका हुन् ।
काठमाडौंमा जारी एमालेको ११ औँ महाधिवेशनमा लालबाबुले सचिव पदमा उम्मेदवारी दर्ता गराएर मत माग्न थालेका हुन् । यस अघि उनी नेकपा एमाले प्रशिक्षण विभाग प्रमुख भएका थिए ।
दशौँ महधिवेशनमा पनि पदाधिकारीको आकाङ्क्षी पण्डितलाई त्यसबेला लिष्टमा नै राखेका थिएनन् । यस पटक केन्द्रीय सदस्यमा राखेपछि उनले रिसाउँदै सचिवमा उमेदवारी दिएका हुन् ।