राष्ट्रिय उर्जाशील पार्टीका अध्यक्ष योगेन्द्र मण्डल विराटनगरमा समुदायसँग छलफलमा जुटे

<span class='c1'>राष्ट्रिय उर्जाशील पार्टीका अध्यक्ष योगेन्द्र</span> <span class='c2'>मण्डल विराटनगरमा समुदायसँग छलफलमा जुटे</span>

विराटनगर पुष १ ,

मोरङ निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचित योगेन्द्र मण्डलले नयाँ राजनीतिक दल राष्ट्रिय उर्जाशील पार्टी, नेपाल गठन गरेसँगै राजनीतिक गतिविधि तीव्र बनाएका छन्।

यसै क्रममा आज बिराटनगर महानगरपालिका–१३ स्थित सैनिक टोलमा पार्टी अध्यक्ष तथा पूर्व माननीय योगेन्द्र मण्डलले स्थानीय समुदायका व्यक्तिहरूसँग विशेष छलफल कार्यक्रम गरेका छन्। छलफलमा स्थानीयस्तरका समस्या पहिचान, सम्भावित विकास कार्यक्रम, समुदायको समग्र विकास तथा सामुदायिक समन्वयका विषयमा विस्तृत विचार–विमर्श गरिएको जनाइएको छ।

कार्यक्रममा मण्डलले जनताको प्रत्यक्ष सहभागिताबाट विकास र समृद्धिको आधार तयार गर्ने उद्देश्य रहेको बताउँदै स्थानीय आवश्यकताका आधारमा योजना निर्माण गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

पार्टी गठनपछाडि मण्डलले आफ्नो निर्वाचन क्षेत्रसहित अन्य विभिन्न क्षेत्रमा पनि सक्रिय रूपमा सहभागी हुँदै राजनीतिक तथा संगठनात्मक गतिविधि बढाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्