ब्रम्हपुराबाट सर्यो डम्पिङ साइट, अब विराटनगरको आफ्नै स्वामित्वको जग्गामा

<span class='c1'>ब्रम्हपुराबाट सर्यो डम्पिङ साइट, अब</span> <span class='c2'>विराटनगरको आफ्नै स्वामित्वको जग्गामा</span>

विराटनगर । विराटनगरमा दैनिक उत्पादन हुने एकसय मेट्रिकटन फोहोर विराटनगर–६ को ब्रम्हपुरामा डम्पिङ गर्दै आएको २० वर्षपछि स्थान परिवर्तन गरिएको छ । अब दैनिक तीन कम्पनीले सहरका घरबाट संकलन गर्ने फोहोर विराटनगर–१६ दरैयास्थित महानगरपालिकाले खरिद गरेको एघार बिघा क्षेत्रफल जग्गामा थुपारिनेछ । तर, यहाँ तत्काल अस्थायी रुपमा फोहोर मंगलबारदेखि लैजान थालिएको छ । त्यसका लागि अहिले दुई बिघा क्षेत्रफलमा घेराबेरा गरेर फोहोर डम्पिङ गर्ने ठाउँ बनाइएको छ ।

ब्रम्हपुरामा निजी तथा केशलियाको नदी उकास जग्गामा फोहोर थुपार्ने गरिन्थ्यो । यसले आसपासको बस्तीलाई असाध्यै असर पु¥याउँदै आएको गुनासो थियो । खासगरी फोहोरले विराटनगर–६ भन्दा केसलिया पारीपट्टी सुनसरीको बर्जु गाउँपालिकाका गाउँलाई बढी असर गरेको थियो । महानगरपालिकाले डम्पिङ सार्नुपर्ने बाध्यता पनि यहि थियो । विराटनगर महानगरपालिका सरसफाई शाखाका प्रमुख पुनम दाहालका अनुसार मंगलबारदेखि विराटनगर–१६ मा फोहोर व्यवस्थापन थालिएको छ । अब ब्रम्हपुरामा फोहोर जाँदैन ।

फोहोर लगेर तत्काल २ बिघामा गरिएको घेराबेरा भित्र राखिनेछ । संभव हुँदा फोहोरको सेग्रिकेशन त्यहि हुनेछ । विराटनगरदेखि ३ किलोमिटर पश्चिममा रहेको ‘डम्पिङ साइट’ को विकल्पमा उतिनै दुरीमा अर्को डम्पिङ साइट तयार हुनेछ । विराटनगर–१६ मा महानगरपालिकाले खरिद गरेको यो ११ बिघा जग्गामा एडिबीको सहयोगमा एकिकृत फोहोर व्यवस्थापन प्रशोधन केन्द्रको निर्माण गर्ने योजना पनि बढेको छ । यो आगामी वर्षदेखि हुने योजना हो । तर, परिस्थितिले फोहोर अहिलेदेखि नै त्यहाँ लैजानु परेको दाहाल बताउँछन् ।

विराटनगरमा अहिले सरसफाई सदस्यता लिनेको संख्या झण्डै २२ हजार हाराहारी छन् । शाखाको तथ्यांक अनुसार विराटनगर १–५ र १९ नम्बर बम ९ हजार ६५७ घरधुरीले कार्ड लिएका छन् । यसैगरी ६–११ नम्बर वडाका ७ हजार ३८३ घरले कार्ड लिएका छन् । त्यस्तै वर्डा नम्बर १२ देखि १८ सम्मका ४ हजार ३२२ घरधुरी सरसफाई कार्ड लिने छन् । सरसफाई कार्ड लिनु भनेको नियमित फोहोर व्यवस्थापनको सदस्य बन्नु हो ।

विराटनगरको उत्तरी भेगबाट फुलबारी वेष्ट थ्रीआर पोलुशन, मध्यभाग स्वास्थ्य र शान्तिका लागि वातावरण र दक्षिणी भेग सगरमाथा मल्टी सर्भिस लिमिटेडले फोहोर संकलन गर्दै आएका छन् । यी तीन कम्पनीले संकलन गरेको फोहोर अब विराटनगर–१६ को महानगरापलिकाको स्वामित्वको जग्गामा जानेछ । जुन स्थानमा फोहोर व्यवस्थापनका लागि जग्गा खरिद गरिएको छ, त्यो केशलिया नजिकै हो । तर, पारी पट्टी सुनसरीको बस्तीपनि टाढा र यता पट्टीको बस्ती पनि नजिक नरहेको स्थानमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्