सुरु भयो विराटनगरमा ‘दिल्ली पब्लीक स्कुल रनिङ शिल्ड कप २०८२’

<span class='c1'>सुरु भयो विराटनगरमा ‘दिल्ली पब्लीक</span> <span class='c2'>स्कुल रनिङ शिल्ड कप २०८२’</span>

विराटनगर । विराटनगर ५ मा रहेको दिल्ली पब्लिक स्कुलको खेल मैदानमा आजदेखि अन्तर विद्यालय रनिङ फुटबल कप २०८२ सुरु भएको छ ।
विद्यार्थीलाई खेलकुदको माध्यमबाट सर्वाङ्गीण विकास गराउने उद्देश्यका साथ विगत ३ बर्षदेखी दिल्ली पब्लीक स्कुलले अन्तर विद्यालय रनिङ शिल्ड फुटकप कप गराउदै आएको छ ।

तेस्रो दिल्ली पब्लीक स्कुल रनिङ शिल्ड २०८२ को उद्धाघाटन खेलमा झापा विर्तामोडमा रहेको निधी सेकेन्डरी स्कुल र सुनसरीको रामधुनीमा रहेको आराम्भ विद्या मन्दिर स्कुल विच भएको थियो ।

उद्धघाटन खेलमा झापाको निधी सेकेन्डरी स्कुलले र सुनसरीको आराम्भ विद्या मन्दिर स्कुललाई १ — ० को गोल अन्तरले विजयी गरेको छ ।
आजको भएको खेलमा मेन अफ द म्याच निधी सेकेन्डरी स्कुलका जर्सी नम्बर १९ का प्रजवल बाह्रकोटी भएका छन् । भारतको एक विद्यालय सहित झापा सुनसरी र मोरङका १० वटा विद्यालयले प्रतियोगितमा सहभागिता जनाएका छन् ।

आगामी पुष १२ गते हुने फाईनल हुनेछ । विजेता टिमलाई ट्रफि , पदक , प्रमाणपत्र सहित नगद समेत प्रदान गरिने दिल्ली पब्लीक स्कुल रनिङ शिल्ड कप २०८२ का खेल संयोजक सुमित डंगोलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्