बुढीगंगा गाउँपालिकाका नगर प्रहरी इन्चार्ज विरेन्द्र थापा मगर पक्राउ

<span class='c1'>बुढीगंगा गाउँपालिकाका नगर प्रहरी इन्चार्ज</span> <span class='c2'>विरेन्द्र थापा मगर पक्राउ</span>

विराटनगर । बुढीगंगा गाउँपालिकाका नगर प्रहरी इन्चार्ज विरेन्द्र थापा मगरलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । प्रहरी सहायक निरिक्षक मगरले विराट टिचिङ अस्पतालका सेक्युरिटी गार्डलाई हातपात गरेपछि त्यहि खटिएका प्रहरीले रोक्न खोजेका थिए । तर, सुरक्षामा खटिएका प्रहरीमाथि समेत हातपात गरेपछि इलका प्रहरी कार्यालय नेमुवाले उनलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता कोपिला चुँडालका अनुसार उनले तत्कालिन समयमा मादक पदार्थ सेवन गरेका थिए । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा प्रवेश गरेर हातपातमा उत्रिएका कारण उनलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको हो ।

बुढीगंगा गाउँपालिकाका सूचना अधिकारी विभुषण न्यौपानेले नगर इन्चार्ज मगर बुधबारदेखि विदा बसेको जानकारी दिए । उनले मगरलाई प्रहरीले पक्राउ गरेको भन्ने जानकारी नभएको बताए । नगर इन्चार्ज मगर बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगरसँग नाता भित्रका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्