विराटनगरमा हुन लागेको विराट ट्रेड एक्स्पोको तयारी तीव्र

<span class='c1'>विराटनगरमा हुन लागेको विराट</span> <span class='c2'>ट्रेड एक्स्पोको तयारी तीव्र</span>

प्रेम देवान
विराटनगर । मोरङ उद्योग व्यापार संघले आगामी पुस ९ गतेदेखि विराटनगरमा आयोजना गर्न लागेको ‘विराट ट्रेड एक्स्पो २०८२’ को तयारी यतिबेला धमाधम भईरहेको छ । विराटनगर महानगरपालिका १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैको खाली मैदानमा यही पुस ९ गतेदेखी १९ गतेसम्म मेला आयोजना हुने भएको हो ।

मोरङ उद्योग व्यापार संघका सचिव एवं विराट ट्रेड एक्स्पोका संयोजक अमित सारडाको अनुसार अहिले एक्स्पो स्थलको घेराबार, प्रवेशद्धार, पार्किङ्स्थल , बालबालिकाहरुको लागि मनोरञ्नस्थल, व्यापारिक स्टल र डोम निर्माणको कार्य धमाधम भईरहेको छ ।

१ सय ५० रुपैयाँको टिकट काटेर विराट ट्रेड एक्स्पो स्थल प्रवेश गर्ने उपभोक्ताले ओपेरा हाउसको डिस्प्ले, जलपरी, राष्ट्रिय कलाकारको प्रस्तुति, मनोरञ्जनपूर्ण खेल सामग्री सहित नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २ सय ४० स्टलको अवलोकन गर्न पाउने आयोजक समितीले जनाएको छ ।

साथै एक्स्पोमा विभिन्न ८ वटा विषयमा आयोजना गर्न लागेको निःशुल्क सेमिनारको अवलोकन , एक्स्पोमा एआई डिजिटल लिटरेसी, साइबर क्राइम, कर तथा लेखा प्रणाली, साना तथा मझौला उद्योग र कृषि पर्यटन सम्बन्धी क्षेत्रका विज्ञहरूको प्रस्तुति रहने छ । एक्स्पोको लागि हाल सम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको र अबको दुईदिन भित्र एक्स्पोको निर्माण कार्य सम्पन्न गरिसक्ने एक्स्पोका संयोजक सारडाले आवर विराटनगरलाई जानकारी दिएका छन् । साथै यसपटक अस्ट्रेलियाको ओपेरा हाउस र जलपरीलाई पनि विराट ट्रेड एक्स्पोको अर्को मुख्य आकर्षणको रूपमा प्रस्तुत गर्न लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्