विराटनगर । सस्थागत विद्यालय तथा ऋण सहकारी सस्था एसविएससीको १५ औँ साधारणसभाको अवसरमा एसईईमा ४ जीपीए अंक ल्याउने मोरङका ६ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

सस्थाले शुक्रबार विराटनगरमा आफ्नो १५ औ साधारणसभाको अवसरमा सदस्य विद्यालयका ४ जीपीए ल्याउने छात्र तथा छात्रालाई प्रमाणपत्र र नगद सहित सम्मान गरेको हो । सम्मानित हुनेहरुमा पथरीको बाल्मिकी स्कुलका छात्रनिश्चल न्यैपाने, छात्रा आयुस्मा दाहाल, विराटनगरको कान्तिपुर स्कुलकी छात्रा आयुसा कार्की , विराटनगरको एभरेष्ट स्कुलकी छात्रा कृती गोयल,छात्र प्रेम खतिवडा र सगरमाथा स्कुलका छात्र शुसोभित न्यैपानेलाई सम्मान गरिएको थियो ।

विद्यार्थीहरुलाई कोशी प्रदेश हिसानका अध्यक्ष ज्ञानबहादुर खड्का, प्याव्सन कोशी प्रदेश कोषाध्यक्ष प्रेमलाल सुवाल, एसविएससिका पुर्व अध्यक्ष ईन्द्र राई, प्याव्सन मोरङ कोषध्यक्ष मणि भट्टराई, अध्यक्ष नगेन्द्र प्रसाद ढकाल लगायतले सम्मान गरेका थिए ।
