विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल — भारत स्थित सीमावर्ती एरीयाको अनुगमन तथा निरीक्षण गरेका छन् ।

खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगत रुपमा सिमानाका अनुगमन तथा निरीक्षण गर्नु भएको हो । साथै उक्त क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका छन् ।
