विराटनगर । विराटनगर ९ मा रहेको हाम्रो समाजको आयोजनामा “जाडोको न्यानो कोसेली” कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक तथा अति विपन्न परिवारलाई न्यानो सामग्री वितरण गरिएको छ । कार्यक्रममा कम्बल, म्याट तथा पानी तताउने सामग्री वितरण गरिएको थियो।

उक्त सामग्री समाजसेवी सुरेन्द्र श्रेष्ठ र उनकी श्रीमती सबिता श्रेष्ठको आर्थिक सहयोगमा उपलब्ध गराइएको हो। वितरण कार्यक्रममा वडा अध्यक्ष विश्वनाथ भगत प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो भने संस्थाका अध्यक्ष अनुप सापकोटा लगायत अन्य पदाधिकारी तथा सामाजिक अभियान्ताहरुले वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष भगतले समाजसेवीहरूको सहयोगले विपन्न वर्गलाई जाडो याममा ठूलो राहत पुगेको बताउँदै सहयोगी दाताप्रति धन्यवाद व्यक्त गर्नुभयो। संस्थाका अध्यक्ष सापकोटाले हाम्रो समाजले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमबाट लाभान्वित जेष्ठ नागरिक तथा विपन्न परिवारले सहयोगप्रति खुशी व्यक्त गर्दै आयोजक तथा सहयोगी दातालाई धन्यवाद दिएका थिए ।