सकियो सेन्ट जोसेफमा दुई दिने १० औ फ्युजन फेष्ट

<span class='c1'>सकियो सेन्ट जोसेफमा दुई दिने</span> <span class='c2'>१० औ फ्युजन फेष्ट</span>

विराटनगर । विराटनगरमा रहेको सेन्ट जोसेफ स्कुलले २ दिन सम्म भव्य रुपमा १० औँ फ्युजन कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले हरेक बर्ष आयोजना गर्दै आईरहेको फ्युजन कार्यक्रम अन्र्तगत शुक्रबार र शनिबार विविध कार्यक्रम गरी १० औ सस्करण फ्युजन कार्यक्रम सम्पन्न गरेको हो ।


सेन्ट जोसेफ विद्यालयले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न कार्यक्रमहरुमा जोड्नका लागि हरेक बर्ष फ्युजनको आयोजना गर्दै आईरहेको छ । दुई दिने कार्यक्रममा विद्यार्थीहरुले बिज्ञान प्रदर्शनी, साँस्कृतिक कार्यक्रम , बालबालिकाको लागि गेम , गायन, नृत्य नाटक , फुड जोन तथा अभिभावकहरुको लागि समेत कार्यक्रममा सहभागिता जनाउने मौका प्रदान गरिएको थियो ।

त्यसका अलवा निशुल्क आँखा शिविर, हेयर बेन्डिङ, फेस पेन्टिङ , हन्टेड हाउस, डिजे र विभिन्न परीकारका स्टलहरु राखिएका थिए । स्कुलका निर्देशक रोहितजङ्ख थपलियाका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सैदान्तिक ज्ञानलाई व्यावहारिक रुपमा कला तथा क्षमताको माध्यमबाट प्रस्तुत गराउने एउटामा माध्यम फ्युजन कार्यक्रम पनि एक हो । फ्युजन कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी , पुर्व विद्यार्थी तथा अभिभावक, अतिथी लगायतले हजारौ आगन्तुहरुले फ्युजन कार्यक्रमको अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्