हिमालय दर्शन कलेजमा उद्यमशीलता विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

<span class='c1'>हिमालय दर्शन कलेजमा उद्यमशीलता</span> <span class='c2'>विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न</span>

विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा बिबिएस संकायअन्तर्गत प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूका लागि उद्यमशीलता विकाससम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


उक्त कार्यक्रमको सहजीकरण विकल्प अल्टरनेटिभका बसन्त अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा उद्यमशीलताको अवधारणा, अवसर पहिचान, व्यवसाय सञ्चालनका आधारभूत सीप तथा आत्मनिर्भर बन्ने उपायहरूका बारेमा विद्यार्थीहरूलाई जानकारी गराइएको थियो।

क्याम्पस प्रमुख भरत सापकोटाका अनुसार कार्यक्रममा बिबिएस प्रथम र दोस्रो वर्षका गरी जम्मा ७५ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। उनले यस्तो कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनसँगै व्यवहारिक ज्ञान हासिल गर्न तथा भविष्यमा स्वरोजगार र उद्यमतर्फ प्रेरित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले उद्यमशीलता विषयमा नयाँ ज्ञान र प्रेरणा प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्