विराटनगरमा भेष बदलेर भित्रने र चोरी गरेर फर्कनेसँग सचेत रहन आग्रह

<span class='c1'>विराटनगरमा भेष बदलेर भित्रने र चोरी</span> <span class='c2'>गरेर फर्कनेसँग सचेत रहन आग्रह</span>

विराटनगर । विराटनगरमा भर्खरैका युवाहरु साधुको भेषमा बिहान प्रवेश गर्ने र साँझ परेपछि भारतीय नम्बरप्लेटको गाडी चढेर फर्कने गरेको सूचना नागरिक तहमा छ । प्रहरीमा उद्देश्यविहीन प्रवेश गर्ने र फर्कने यस्ता साधु भेषका व्यक्तिका कहिंकसैले सूचना भने दिएको छैन । तर, प्रहरीमा फरक गतिविधिका लागि फरक भेषमा खुल्ला सीमानाकाबाट प्रवेश गर्नेहरु हुनसक्छन् भन्ने अनुमान र आंकलन भने लगाउन सक्ने प्रशस्त घटना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुँडालले बिहान सिटीमा भित्रनेहरु दिनभर सहरका घरघरको रेकी गरेर चोर्न सफल भएपछि फर्कने गरेको बताउँछिन् । उनका अनुसार अहिले सबैभन्दा धेरै साना बालबालिकालाई प्रयोग गरेर बैंक आसपासमा रेकी गर्न राख्ने अनि कसैले नगद झिकेर गोजीमा हालेको देखेपछि अन्यले पिछा गर्ने गरेका घटना दोहोरिरहेका छन् । यो घटना केहिदिन अगाडी मात्रै भएको उनले सुनाइन् । चुँडालका अनुसार चार महिनाको बच्चासँगै भारतबाट आएकी महिलाले सिटी सफारीको यात्राकै क्रममा एकजनाको एकलाख नगद चोरी गरेकी थिइन् ।
घटना अनुसार चार महिने बच्चासहित आएका दुईजना महिला थिए । कसैले बैंकबाट पैसा झिकेर सिटीमा बसेपछि उनीहरु पनि चढे । हेर्दा अशक्त जस्तो देखिने उनीहरुले सिटीमा चढेका ती व्यक्तिको पैसा झिकिसकेका थिए । पछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो । तर, मुद्दा भने चलाएन । डिएसपी चुँडाल भन्छिन्–चार महिनाको बच्चासहित दुई महिला पक्राउ गरेपछि पीडितले जाहेरी दिन मानेनन् । पैसा फिर्ता लिएर गएका थिए ।

प्रहरीले पनि उनीहरुलाई अबदेखि नेपालमा प्रवेश गरेर अपराध नगर्ने शर्तमा भारतीय प्रहरीमा बुझाएको उनले बताइन् । चुँडालले जो कोहि र जस्तोसुकै अवस्था र भेषमा प्रवेश गरेर अपराध गर्नसक्ने संभावना भएकोले सुरक्षाका लागि समन्वय आवश्यक रहेको बताइन् । त्यसका लागि उद्देश्य बुझेर उनीहरुमाथि निगरानी बढाउनु र प्रहरीसँग नागरिकले हातेमालो गर्नु उचित हुनेछ । तर, चिसो बढेसँगै र खासगरी शिवरात्री नजिक आउँदा साधुको भेषमा प्रवेश गर्नेहरुले गलत नै काम गर्दछन् भन्ने सम्झिहाल्नुपर्ने स्थिति नभएको डिएसपी चुँडाल बताउँछिन् । तर, दिनभर बजार घुम्ने अनि साँझमा फर्कनेहरुप्रति चाँहि शंका राखेर निगरानी बढाउन उनको सुझाव छ ।

विराटनगरमा केहि समय अगाडीदेखि सिटी सफारी तथा अन्य कामका क्रममा रकम चोर्न भारतीय महिलाहरु संलग्न रहेको तथ्य त प्रहरीले फेला पारेको थियो । बैंकबाट निस्केका सेवाग्राही वा पसलमा सामान खरिद गरेर निस्केका व्यक्तिहरु सिटीमा चढेर यात्रा गर्ने क्रममा प्रायःचोरी हुने घटना प्रहरीसम्म पुगेपछि उनीहरुको निगरानीमा प्रहरी सक्रिय रहँदै आएको थियो । यस अगाडी समेत कटहरी गाउँपालिका–४ का ७० वर्षीय नारायण प्रसाद काफ्लेले बैंकबाट झिकेको रकम सिटी सफारीमै चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । डिएसपी चुँडालले नगद रुपिँया झिकेर त्यसको सुरक्षा व्यवस्थापन गर्दा सबैले ध्यान दिन समेत अनुरोध गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्