सिडिओ कार्यालयमा २ घन्टाको वार्तापछि विराटनगरको फोहोर व्यवस्थापन हुनेभयो

<span class='c1'>सिडिओ कार्यालयमा २ घन्टाको वार्तापछि</span> <span class='c2'>विराटनगरको फोहोर व्यवस्थापन हुनेभयो</span>

विराटनगर । विगत ५ दिनदेखी विराटनगरको फोहोर संकलनमा आएको अवरोध हटेको छ । विराटनगर महानगरपालिकाको फोहोर विसर्जन स्थल (ल्याण्डफिल साइट) लाई लिएर उत्पन्न विवादको निष्र्कष टुङ्खिएको छ ।

 


जिल्ला प्रशासन कार्यालय मोरङमा बिहीबार भएको बहुपक्षीय छलफलमा सात बुँदे सहमति भएसँगै फोहोर पुरानै स्थानमा व्यावस्थापन गर्न दिईने भएको छ ।
विगत एक दशकदेखि वडा नं ६ को ब्रम्हपुरामा फोहोर व्यवस्थापन गर्दै आएको महानगरले पुस १ गतेदेखि वडा नं.१६ स्थित दरैयामा रहेको आफ्नै जग्गामा फोहोर फाल्न थालेको थियो । तर, छिमेकी बर्जु गाउँपालिकाका र विराटनगर १६ दरैयाका बासिन्दाले स्वास्थ्यमा असर पर्ने भन्दै अवरोध गर्दै आएका थिए । यसैविच आजदिउसो पनि फोहोर व्यावस्थापन गर्ने कुरामा स्थानियले अवरोध गर्न थालेपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । विराटनगर महानगरबाट दैनिक १०५ देखि ११५ मेट्रिक टनसम्म फोहोर संकलन हुदै आएको छ ।

के भयो सहमति ?
जिल्ला प्रशासन कार्यालय मोरङका सहायाक सिडिओ सरोज कोईरालको उपस्थितीमा भएको छलफलमा विराटनगर–१६ का वडा अध्यक्ष उद्धवकुमार भुजेलको संयोजकत्वमा बर्जु गाउँपालिकाका प्रतिनिधि र स्थानीय सम्मिलित अनुगमन समिति गठन गर्ने निर्णय भएको छ ।
के छ सात बुँदे सहमतीमा :
१.दुर्गन्ध फैलिन नदिन दैनिक केमिकल प्रयोग गर्ने ।
२.फोहोरलाई तत्काल माटोले पुर्नुपर्ने ।
३. विसर्जन केन्द्र जाने सडकलाई स्तरोन्नति गर्ने ।
४.फोहोर बोक्ने गाडीलाई अनिवार्य रूपमा त्रिपालले छोप्ने ।
५. वर्षायाममा केसलिया खोलाको पानी पस्न बैशाख नदिन तटबन्धरपर्खाल निर्माण गर्ने ।
६, बेला बेलामा सरोकारवाला निकाय सहितको उपस्थितीमा अनुगमन हुनुपर्ने ।
७, फोहोरमैला व्यावस्थापनको स्थायी समाधानको लागि स्वीकृत भएको एडिबी परियोजना स्थायी जनतको हितमा हुने गरी निर्माण गर्न सबै सरोकारवालाहरुको सहयोग रहने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्