विराटनगरको सिटी सिनेमामा विश्वस्तरीय बर्को फोर्के लेजर प्रोजेक्टर

<span class='c1'>विराटनगरको सिटी सिनेमामा विश्वस्तरीय</span> <span class='c2'>बर्को फोर्के लेजर प्रोजेक्टर</span>

विराटनगर पुष ११ ,

विराटनगरको पहिलो मल्टिप्लेक्स ‘सिटी सिनेमा प्रा.लि.’ ले नेपालमै पहिलो पटक अत्याधुनिक BARCO 4K लेजर प्रोजेक्टर सफलतापूर्वक स्थापना गरेको छ। यससँगै विराटनगरले सिनेमा प्रविधिमा नयाँ युगको प्रवेश गरेको मानिएको छ।

सिटी सिनेमा प्रा.लि. का अनुसार यो प्रोजेक्टर नेपालमा पहिलो र हालसम्मकै एकमात्र स्थापना हो, जसले देशको सिनेमा उद्योगमा नयाँ मापदण्ड र नयाँ आयामको सुरुवात गरेको छ। अन्तर्राष्ट्रिय स्तरको प्रविधि भित्र्याउन सफल भएकोमा कम्पनीले गर्व व्यक्त गरेको छ।

करिब २ करोड रुपैयाँभन्दा बढी लागतमा जडान गरिएको यस BARCO 4K लेजर प्रोजेक्टरले उच्च रिजोलुसन, उत्कृष्ट उज्यालोपन, गहिरो कन्ट्रास्ट र जीवन्त रंगसहित दर्शकलाई साँच्चिकै विश्वस्तरीय दृश्य अनुभव प्रदान गर्ने विश्वास लिइएको छ।

यस अत्याधुनिक प्रविधिले चलचित्र हेर्ने अनुभूतालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउँदै विराटनगरलाई आधुनिक मनोरञ्जन केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। सिटी सिनेमा प्रा.लि. ले नेपालमै पहिलो पटक यो प्रविधि भित्र्याउन सफल भएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण चलचित्रप्रेमीहरूलाई विश्वस्तरीय भिजुअल अनुभव लिन आमन्त्रण गरेको छ।

कम्पनीले यस नयाँ पहलले दर्शकको सिनेमा अनुभव अझ उत्कृष्ट बनाउने र नेपाली सिनेमा तथा समग्र मनोरञ्जन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्