विराटनगरको प्राचीन ‘विराट राजदरबार’ क्षेत्र पुरातत्त्व विभागद्धारा नयाँ रुप – यस्तो देखियो :

<span class='c1'>विराटनगरको प्राचीन ‘विराट राजदरबार’ क्षेत्र पुरातत्त्व विभागद्धारा</span> <span class='c2'>नयाँ रुप – यस्तो देखियो :</span>

विराटनगर । विराटनगर महानगरपालिका–१८ भेडियारीमा रहेको प्राचीन विराट राजदरबार क्षेत्र (भेडियारी दरबार)लाई पुरातत्त्व विभागद्धारा विस्तापित हुन लागेको क्षेत्रलाई नयाँ रुप प्रदान गरेको छ ।
लामो समय उपेक्षामा रहेको विराट दरबार क्षेत्रको संरक्षणमा विभागले चासो देखाउदै गत मंसिर १७ गतेबाट दरबारको संरक्षणका कार्यहरु अगाडी बढाएको थियो । झन्डै १० लाख बढी खर्चरिएर विभागले सोमबार सम्पुर्ण निर्माण कार्य सम्पन्न गरेको छ ।


विराट राजदरबार क्षेत्रलाई महाभारतकालीन इतिहाससँग जोडिएको मानिन्छ । यसको ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक महत्त्व रहेकोले अहिले यसलाई राज्यले संरक्षणमा ध्यान दिएर पुरानो ईटासँगै थप नयाँ ईटा र टायल्सहरु राखेर नयाँ रुप बनाएको छ ।


पुरातत्त्व विभागले यस क्षेत्रमा संरक्षण कार्य र उत्खनन् अध्ययन यस अघि नै बढाएर एक महिना अघिदेखी थालनि गरेको सो क्षेत्रलाई सोमबार सकेर विभागको टोली काठमान्डौ फर्किएको छ । इतिहासिक महत्वको प्रचार दरबार क्षेत्रमा भेटिएका पुराना पर्खाल, कक्ष र अन्य अवशेषले यसलाई महत्त्वपूर्ण सांस्कृतिक स्थलको रूपमा स्थापित गरेको छ ।


पुरातत्त्व विभागका अधिकृत हरिप्रसाद भुसालका अनुसार विभागबाट ३ जनाको टोली आएर सो क्षेत्रमा झन्डै एक महिना सम्म लगाएर पुराना ईटा र टालीहरु माथी पुरानै जस्तो देखिने खालका ईटाहरु थपिएका छन् । भुसालले भने, “विराट दरबार संरक्षण कार्य सम्पन्न भएपछि भेडियारी क्षेत्र एउटा ‘खुला संग्रहालय’ (ओपन म्युजियम)का रूपमा विकसित हुनेछ । त्यति मात्रै नभएर यसले पर्यटनको क्षेत्रलाई पनि राम्रो टेवा पुग्नेछ ।’


भेडियारीका स्थानीय संरक्षणकर्ता कमलकिशोर यादवले तत्कालिन विराट राजाले प्रयोग गरेका ढुङ्गाकोे सिका, खेतीपातीका औजार, घरायसी सामान र ढुंगाका आकृतिहरू संग्रह घरमा सरक्षण गरेर राखेका छन् । उनले बेला बेलामा विभिन्न ठाँउहरुबाट आउने पर्यटक ,अवलोकनकर्ता तथा विद्यार्थीहरुलाई ती सामान देखाउदै प्राचिन विराट राजदरबारे जानकारी गराउदै आएकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्