विराटनगर आइपुगे गृहमन्त्री, निर्वाचन लक्षित सुरक्षा बैठक बुधबार

<span class='c1'>विराटनगर आइपुगे गृहमन्त्री, निर्वाचन</span> <span class='c2'>लक्षित सुरक्षा बैठक बुधबार</span>

विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्याल विराटनगर आइपुगेका छन् । बुधबार कोशी प्रदेशस्तरीय सुरक्षा बैठकमा सम्बोधन गर्नका लागि उनी विराटनगर आएका हुन् । निर्वाचन गराउन गठित अन्तरिम सरकारका गृहमन्त्री पहिलो पटक पूर्व आएका हुन् ।

आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनको सुरक्षा रणनीति र कोशी प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे समीक्षा गर्न भोलि विराटनगरमा सुरक्षा गोष्ठी आयोजना गरिएको छ । गोष्ठीको उद्घाटन गर्न गृहमन्त्री अर्याल एक दिनअगावै प्रदेश राजधानी आइपुगेका हुन् ।

विमानस्थलमा सञ्चारकर्मीसँको कुराकानीमा उनले आफू कुनै राजनीतिक दलसँग आवद्ध नरहेको बताएका छन् । अहिले अन्तरिम सरकारका मन्त्रीहरु धमाधम पार्टीमा आवद्ध भइरहेका बेला अर्याललाई पत्रकारहरुले यस विषयमा प्रश्न गरेका थिए । त्यस क्रममा उनले आफू सहभागी नभएको तर बाँकीको कुरा नगर्ने बताएका हुन् ।

यो बैठक मुख्यतया निर्वाचनलाई भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउने विषयमा केन्द्रित हुने बताइएको छ । गोष्ठीमा गृह मन्त्रालयका उच्च अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूका साथै कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको सहभागिता रहनेछ । कार्यक्रममा जिल्ला सुरक्षा प्रमुखहरूले आ–आफ्नो क्षेत्रको सुरक्षा चुनौतीबारे ‘ब्रिफिङ’ गर्नेछन् र सोही आधारमा प्रदेश स्तरीय सुरक्षा कार्ययोजना तयार पारिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्