सगरमाथाले लगातार तेस्रो पटक ‘मिनी बीबीए फेस्ट’ उपाधि जित्यो

<span class='c1'>सगरमाथाले लगातार तेस्रो पटक ‘मिनी</span> <span class='c2'>बीबीए फेस्ट’ उपाधि जित्यो</span>

विराटनगरमा आयोजित तेस्रो संस्करणको मिनी बीबीए फेस्ट ३.०  बास्केटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा सम्पन्न प्रतियोगितामा यू–१३ प्रदेशस्तरीय ३x३ बास्केटबल प्रतियोगिता अन्तर्गत छात्र तथा छात्रा दुवै वर्गमा सगरमाथा माध्यमिक विद्यालयले उपाधि जित्दै इतिहास रचेको छ।

यस संस्करणमा पनि सगरमाथाले दुवै वर्गमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार तेस्रो पटक मिनी बीबीए फेस्टको उपाधि जित्न सफल भएको हो। छात्र वर्गतर्फ सगरमाथाले फाइनल खेलमा तरहरा स्थित प्याराडाइज सेकेन्डरी स्कूल लाई पराजित गर्दै उपाधि हात पारेको हो। त्यसैगरी छात्रा वर्गतर्फ विराटनगरको सेन्ट मेरीज स्कूल लाई हराउँदै सगरमाथाले च्याम्पियनको उपाधि आफ्नो नाममा लेखायो।

यसअघि सम्पन्न मिनी बीबीए फेस्ट १.० र २.० मा पनि सगरमाथाले निरन्तर प्रभावशाली प्रदर्शन गर्दै प्रतियोगितामा वर्चस्व कायम गरेको थियो। सानो उमेर समूहबाटै खेलाडी उत्पादन र प्रतिभा पहिचान गर्ने उद्देश्यले सुरु गरिएको मिनी बीबीए फेस्ट अहिले बालस्तरको बास्केटबल विकासको महत्वपूर्ण मञ्च बन्दै गएको आयोजकले जनाएको छ।

कार्यक्रमका संयोजक वर्दान शाह का अनुसार प्रतियोगिताले बालबालिकामा आत्मविश्वास, अनुशासन र खेल भावना विकास गर्न ठूलो भूमिका खेलेको छ। प्रतियोगिताका विजेता तथा उपविजेतालाई विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्साल, मोरङ बास्केटबल संघका सचिव त्रिलोक बास्तोला, डी.ए.भी. स्कुलका ईसीए संयोजक राजेश हमाल तथा प्रतियोगिता संयोजक वर्दान शाह ले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

आयोजकले मिनी बीबीए फेस्टलाई आगामी दिनमा अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्