विराटनगर । विराटनगर–१ स्थित शान्तिचौकमा सञ्चालित विराट एक्स्पोले हालसम्म १४ करोडको कारोबार गरेको छ । आगामी शनिबारसम्म सञ्चालन हुने एक्स्पो मंगलबारसम्म ७० हजार जनाले अवलोकन गरेका छन् ।
मोरङ उद्योग व्यापार संघको आयोजनामा गत बिहीबारदेखि एक्स्पो सञ्चालनमा रहेको छ । एक्स्पो आयोजक समितिका संयोजक अमित शारडाले अहिलेसम्म उत्सासप्रद रहेको प्रतिक्रिया दिएका छन् । उनले टिकट लिने, स्टल भित्रका समेत गरेर एक्स्पो राम्रै इन्गेज भइरहेको बताए । कारोबारमा अटोमोवाइलमा ब्लक बुकिङ र सोलारमा ब्लक बुकिङ हुने तयारी भइरहेको बताए ।
एक्स्पोमा ओपेरा हाउसको डिस्प्ले, जलपरी, राष्ट्रिय कलाकारको प्रस्तुति, मनोरञ्जनपूर्ण खेल सामग्री सहित नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २ सय ४० स्टलको अवलोकन गर्ने अवसर रहेको छ ।
एक्स्पोमा विभिन्न ८ वटा विषयको थिमेटिक सेसन रहेका छन् । थिमेटिक सेशन सबैभन्दा महत्वपूर्ण भइरहेको संयोजक शारडाले बताए । उनका अनुसार स्टार्टअपहरुले पिच गरेका क्षेत्रमा लगानी जुट्ने संभावना प्रवल रहेको छ । शारडाले व्यापार मेलाबाटै भएपनि नयाँ उद्यममा लगानी जुटाउनु समेत यसको सकारात्मक पक्ष हुने बताए ।
