विराटनगर । विराटनगरमा रहेको मारवाडी युवा मञ्चले अग्रेजी नयाँ वर्ष सन् २०२६ को अवसरमा फन फिस्टा कार्यक्रम आयोजना गर्न लगेको छ ।
विराटनगरको मेनरोड स्थित जैन श्वेताम्बर तेरापंथी सभा भवनको प्राङ्गणमा आज साँझ नव उत्सव नयाँ वर्षमा फन फिस्टा कार्यक्रम आयोजना गर्न लागेको मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीले जानकारी गराएका छन् ।

नयाँ वर्षमा फन फिस्टा कार्यक्रममा भारतको सिलीगुडीका डिजे मंजीत सिंहको प्रस्तुति रहने छ । त्यसैगरी विराटनगरको भाइरल डान्स समूहका कलाकार तथा टोडलर्स स्कुलका बालबालिकाहरूको सांस्कृतिक प्रस्तुति रहने मारवाडी युवा मञ्चले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । कार्यक्रम हेर्नका लागि आयोजक मारवाडी युवा मञ्च विराटनगरले २ सय रुपैयाँको टिकट दर कायम गरेको छ । यसैविच मारवाडी युवा मञ्च विराटनगरले युवा दिवसको अवसरमा साप्ताव्यापी कार्यक्रम गर्ने जनाएको छ । फन फिस्टा पछि भोली बिहीबार तीनपैनी चौकमा टोपी दिवस कार्यक्रम, शुक्रबार ट्राफिक चौकमा शान्ति पद यात्रा कार्यक्रम, शनिबार सुनसरीको प्रकाशपुरमा मारवाडी युवा बिच वनभोज कार्यक्रम, आइतबार ट्राफिक प्रहरीलाई रिफ्लेक्टिव लाइट रिबन हस्तान्तरण कार्यक्रम रहेको मञ्चका अध्यक्ष लालवानीले जानकारी दिए ।
उनका अनुसार, विराटनगर महानगरपालिका क्षेत्रमा रहेको अस्पताल आसपास न्यानो कपडाको अभावमा कष्टकर जीवन बिताइ रहेका व्यक्तिलाई न्यानो कम्मल वितरण कार्यक्रम रहेको छ । सोमबार विराटनगरको रामजानकी मन्दिरमा रक्तदान कार्यक्रम सँगै भक्का आनन्द कार्यक्रम रहेको छ ।
सत्ता व्यापी कार्यक्रमको अन्तिम दिन मंगलबार बिहान ८ बजे विराटनगरको हाटखोला स्थित परमविश्रान्ती स्थलमा नेत्र दान जागरूकताको लागि ब्यानर लगाउने र साँझ विराटनगर–३ स्थित मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई मिष्टान्न भोजन गराउने कार्यक्रम रहेको सत्ता व्यापी कार्यक्रमका संयोजक पवन पंकज पारखले जानकारी दिए ।