विराटनगरका उद्योगीले भेटे आईजिपी कार्की, तस्करी नियन्त्रण गर्न माग

<span class='c1'>विराटनगरका उद्योगीले भेटे आईजिपी कार्की,</span> <span class='c2'>तस्करी नियन्त्रण गर्न माग</span>

विराटनगर । मोरङ उद्योग व्यापार संघको प्रतिनिधि मण्डलले नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीसँग भेटघाट गरेका छन् । संघका अध्यक्ष अनुपम राठी, निवर्तमान अध्यक्ष नविन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिल शाह, सचिव अमित सारडासहितको टोलिले आईजिपी कार्कीसँग बुधबार भेटघाट गरेका हुन् ।

उनीहरुले भेटघाटका क्रममा व्यवसायिक शान्ति–सुरक्षा, सीमा क्षेत्रमा भइरहेको चोरी–पैठारी, जेन–जी आन्दोलन पछिको सामाजिक तथा आर्थिक अवस्था, साथै आगामी दिनमा उद्योग–व्यवसाय क्षेत्रले पाउनुपर्ने सहयोगका विषयमा आफ्ना कुरा राखेका थिए । उद्योगी व्यापारीले प्रहरीका आईजिपीसँग भेटेर आफ्नो गुनासो सायदै पहिलो पटक राखेका हुन् ।

घेटघाटमा महानिरीक्षक कार्कीले व्यवसायिक शान्ति–सुरक्षा मजबुत बनाउने तथा सीमा क्षेत्रमा हुने चोरी–पैठारी नियन्त्रणका लागि नेपाल प्रहरीले निरन्तर रूपमा काम गरिरहेको भन्दै विश्वस्त पारेका थिए । उनले प्रहरीले प्रभावकारी ढंगबाट शान्ति सुरक्षा स्थापना गर्ने दावी गरेका थिए । सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउन व्यवसायी समुदायको सक्रिय सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै आवश्यक सूचना र सहयोग प्रदान गर्न समेत उनले अनुरोध गरेका थिए ।

कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले उद्योग–व्यवसायको समग्र विकासका लागि शान्ति–सुरक्षा आधारभूत शर्त भएको उल्लेख गर्दै नेपाल प्रहरीसँग सहकार्य गर्दै अघि बढ्न संघ सधैं तत्पर रहेको बताएका थिए । भारतको जीएसटी नीतिका कारण दैनिक उपभोग्य सामग्रीहरू नेपालभन्दा सस्तो पर्ने अवस्था रहेको उल्लेख गर्दै सोही अनुरूप नेपाल सरकारले पनि आफ्ना नीतिहरूमा समयानुकूल परिमार्जन गर्न सहजीकरण गरिदिन आग्रह गरेका थिए । सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण, व्यवसायमैत्री वातावरण निर्माण तथा युवा पुस्तालाई सकारात्मक दिशातर्फ उन्मुख गराउन संयुक्त पहल आवश्यक रहेकोमा उनको जोड थियो ।

छलफलमानिवर्तमान अध्यक्ष नवीन रिजाल तथा वरिष्ठ उपाध्यक्ष अनिल शाह व्यवसायीहरूले भोगिरहेका वर्तमान समस्या र आवश्यक सहयोगका विषयमा आफ्ना धारणा राख्नुभएको थियो । त्यसैगरी, मोरङ उद्योग व्यापार संघले आयोजना गरिरहेको विराट ट्रेड एक्स्पो २०८२ लाई सफल बनाउन जिल्ला प्रहरी कार्यालयबाट सोचअनुसारको उल्लेखनीय सहयोग प्राप्त भइरहेको भन्दै प्रशंसा समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्