विराटनगर । विराटनगर–२, सोमबारेमा रहेको बुढानिलकण्ठ स्कुलले नेपाली मौलिक पहिचान झल्काउने उद्देश्यका साथ १३ औँ ढाका टोपी दिवस भव्य रूपमा मनाएको छ ।

विद्यार्थीहरूले विभिन्न जातिय पोसाकमा सजिएर ढाका टोपी लगाएर विद्यालयमा उपस्थित भई नेपाली संस्कृति, पहिचान र राष्ट्रिय पोशाकको महत्वलाई उजागर गर्दै ¥याली निकालेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले ढाका टोपी लगाएर विद्यालयमा उपस्थित भई नेपाली संस्कृति, पहिचान र राष्ट्रिय पोशाकको महत्वलाई उजागर गरेका थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, राष्ट्रिय भेषभूषाको महत्वबारे वक्तव्य तथा फोटो सेसन समेत आयोजना गरिएको थियो।

विद्यालय प्रिन्सीपल मणिभट्टराईका अनुसार, यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा नेपाली संस्कृतिप्रति सम्मान र गौरवको भावना विकास हुनेछ । टोपी दिवस नेपाली मौलिकतालाई संरक्षण र प्रवद्र्धन गर्ने महत्वपूर्ण अभियान भएको बताउँदै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमहरू निरन्तर आयोजना गरिने उहाले जानकारी दिनुभयो।
