विराटनगरमा रहेको एबिसी स्कुलमा विद्यार्थी दिवस विशेष कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगरमा रहेको एबिसी स्कुलमा विद्यार्थी</span> <span class='c2'>दिवस विशेष कार्यक्रम सम्पन्न</span>

विराटनगर पुष १९ ,

विराटनगर–५ स्थित एबिसी स्कुलमा विविध कार्यक्रमसहित विद्यार्थी दिवस मनाइएको छ। कार्यक्रममा विद्यार्थीहरूले गीत गाए, विभिन्न गीतमा नृत्य प्रस्तुत गरे तथा अभिभावकको आँखा खोलिदिने सन्देशमूलक नाटक मञ्चन गरे। नाटकमा मोबाइल प्रयोगका कारण आमा–बुवाले आफ्ना बच्चालाई पर्याप्त समय दिन नसकेको यथार्थलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रमकै अवसरमा विद्यालयले हालै सम्पन्न खेल सप्ताहका विजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेको छ। यसका साथै अन्य सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमहरू पनि प्रस्तुत गरिएका थिए।

कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले शिक्षा मात्र होइन, सामाजिक सचेतना र संस्कार विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै स्कुलप्रति कृतज्ञता व्यक्त गरेका थिए।

सो अवसरमा विद्यालयका अध्यक्ष विवेक दाहालले एबिसी स्कुलले संस्कार, अनुशासन र सीपलाई आधार बनाएर गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्