कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, महिला र दलित उपेक्षा

<span class='c1'>कोशी प्रदेशमा  मन्त्रिपरिषद् पुनर्गठन,</span> <span class='c2'>महिला र दलित उपेक्षा</span>

विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद पुनर्गठन गरिएको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
नयाँ मन्त्रीहरु नियुक्त गर्दा महिला तथा दलितलाई उपेक्षा गरिएको छ । पहिलेझैं एक जना महिलालाई राज्यमन्त्री मात्रै बनाइएको छ । तर, दलितलाई अवसर दिइएको छैन । नवनियुक्त मन्त्रीहरुमा भौतिक पूर्वाधारमन्त्रीमा प्रदीप कुमार सुनुवार, पर्यटनमन्त्रीमा भीम पराजुली, खानेपानीमन्त्रीमा तिलचन पाठक, आन्तरिक मामिलामन्त्रीमा इन्द्रमणि पराजुली नियुक्त भएका छन् । कांग्रेसले मन्त्रिपरिषदमा एक जना महिलालाई राज्यमन्त्रीको भूमिकामा पठाउँदा एमालेले पुरूषहरू मात्रै नियुक्त गरेको छ।

यस्तै आर्थिक मामिलामन्त्रीमा विदुर कुमार लिंथेप, सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतो, स्वास्थ्यमन्त्रीमा मानबहादुर लिम्बु नियुक्त हुँदा उद्योगमन्त्रीमा इस्राइल मन्सुरी तथा आन्तरिक मामिला राज्यमन्त्रीमा उमाकान्त गौतम र भौतिक पूर्वाधार राज्यमन्त्रीमा शोभा चेम्जोङ नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कांग्रेस कोशी प्रदेश सभामा १० जना महिला सांसद छन् भने एमालेमा १४ जना छन्। तर, हिक्मत कुमार कार्की नेतृत्वको मन्त्रि मण्डलमा महिलालाई राज्य मन्त्री बाहेकको अवसर दिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्