नोवेल हस्पिटल बाहिरको एक औषधी पसलको ठगि धन्दा , संचालक भने पसल बन्द गरेर फरार

<span class='c1'>नोवेल हस्पिटल बाहिरको एक  औषधी पसलको ठगि </span> <span class='c2'>धन्दा , संचालक भने पसल बन्द गरेर फरार</span>

प्रेम देवान

विराटनगर । विराटनगरमा रहेको नोवेल हस्पिटलका चिकित्सकले सिफारिस गरेका औषधी खरिद गरेर ल्याउन विरामीका आफन्त पुर्जा बोकेर फार्मेसी जान्छन् । शल्याक्रियाका लागि औषधी ल्याउनुपर्ने सेवाग्राही चिकित्सकको नाम र छाप सहितको पुर्जा बोकेर अस्पतालको बाहिरी परिसरमा पुग्छन् । उधारो कारोबारका लागि खाता चलाउने गरी बाहिरको फार्मेसीबाट उनले औषधी खरिद गर्दछन् । उनीसँग तत्काल नगद नभएका कारण उधारोमा कारोबार गर्नुपर्ने बाध्यता हुन्छ । तर, सेवाग्राहीको असजिलोलाई मौका मानेर फार्मेसीका सञ्चालकले बद्मासी सुरु गर्दछन् । शल्याक्रियाका लागि चिकित्सकले लेखेका औषधी त्यसंपनि महंगा हुन्छन् । त्यसमाथि चिकित्सकले १ थान औषधी लेखिदिएको ठाउँमा उनले अंक थप गरेर झुक्याउने अनि पैसा असुल्ने काम गर्दछन् ।

फार्मेसी सञ्चालकले चिकित्सकले सिफारिस गरेको पुर्जा लिएर फोटो कपी गर्ने अनि त्यो फोटो कपी आफूले राख्ने गरेका थिए । त्यस क्रममा ६४० मूल्य पर्ने रेक्युमिड–१ लेखेको पुर्जामा पछाडी ५ थपेको भेटिएको छ । त्यस्तै खुलेको छ । त्यस्तै डेस्टिमिड–१ लेखेको स्थानमा पनि ८ थपेको भेटिएको छ । यसको प्रतिथान एकहजार २०८ रुपिँया मूल्य पर्ने रहेछ । यसरी सर्वसाधारणलाई झुक्यानमा पारेर फार्मेसी पसलले पैसा असुल्ने धन्दा चलाएको कुरा अहिले सार्वजानिक भएको हो ।

यो घटनापछि नोबेल प्रशासन नै अचम्मित बनेको छ । यो घटनामा फार्मेसीले आफूलाई ठगेको भन्ने कुरा पनि सेवाग्राही आफैंले शंका गरेका थिए । उनले चिकित्सकले लेखेको पुर्जाको औषधी विवरण र फार्मेसीले अंक थपेर बनाएको पुर्जाको विवरण भिडाउन साहस गरेका थिए । त्यसका लागि अस्पताल प्रशासनले समेत सहयोग गरेको थियो । नोवेलका महाप्रन्धक दिपेश राईसँग यो विषयमा कुराकानी गर्दा उनले विरामीका आफन्त अलिक पढेलेखेको भएर आफू ठगीमा परेको यकिन गर्न सकेको बताए । नत्र, हतारमा कति औषधी झोलामा थियो भन्ने कुनै सेवाग्राहीले यकिन गरेका हुन्नन् ।

यो घटनापछि अस्पताल प्रशासनले बाहिरका फार्मेसीहरुसँग तत्काल छलफल समेत गरेको राईले बताए । तर जुन औषधी पसलले ठगी गर्यो त्यसका संचालकहरु भने छलफलमा नआएको अस्पातल जनाएको छ । हातले लेखिएका पुर्जाहरुमा यसरी ठगि हुने भएकोले अब अस्पतालले कम्युटरको माध्ययमबाट डिजीटल सिस्टममा जाने तयारी समेत गरेको छ । यसैगरी आफ्नो अस्पतालमा सेवा लिन आएका सेवाग्राहीलाई औषधी जहाँसुकैबाट खरिद गरेपनि चिकित्सले सिफारिस गरेको विवरण र खरिद गरेको औषधीको विवरण यकिन गर्न अनुरोध गरिएको छ । यसैगरी अस्पतालका आधिकारिक कागजात सुरक्षित राखेर अन्तिममा हिसाब गर्दा फार्मेसीको विवरणसँग यकिन गर्न पनि भनिएको छ ।
यस विषयमा सम्बन्धित फार्मेसीका सञ्चालकसँग बुझ्न सकिएन । घटना बाहिरीएपछि सञ्चालक सटर बन्द गरेर फरार भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्