ओवी फ्लोअप : नोबेल बाहिरको फार्मेसी ठगी प्रकरण – औषधि व्यावस्था विभागले थाल्यो अनुसन्धान

<span class='c1'>ओवी फ्लोअप : नोबेल बाहिरको फार्मेसी ठगी</span> <span class='c2'>प्रकरण – औषधि व्यावस्था विभागले थाल्यो अनुसन्धान</span>

विराटनगर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेज बाहिरको एक फार्मेसीले बिरामीका आफन्तलाई ठगी गरेको घटना सार्वजनिक भएपछि नेपाल औषधि व्यावस्था विभागले कारबाहीको लागि अनुसन्धान थालेको छ ।


त्यसैगरी नेपाल औषधि व्यवसायी संघ, मोरङले पनि आफ्नो गम्भीर ध्यानाकर्षण जनाउदै विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्नलाई कडा कानुनी कारवाही गर्न माग गरेको छ ।
पुष २२ गते मंगलबार आवर विराटनगरले नोवेल हस्पिटल विराटनगरको एक फार्मेसीले अस्पतालमा उपचाररत बिरामीका आफन्तलाई औषधि खरिदमा चरम ठगी भन्ने विषयमा भिडियो सहितको समाचार प्रशारण गरेको थियो ।
ती व्यावसायीले आर्थिक अभावका कारण उधारोमा कारोबार गर्ने गरी पुर्जा दिएका सेवाग्राहीलाई चलाखीपूर्ण ढंगले ठगी गरेका थिए । चिकित्सकले सिफारिस गरेको पुर्जामा उल्लेखित औषधिको संख्यामा थप अंक थपेर परिमाण बढाई बढी रकम असुलेको भन्ने समाचार आवर विराटनगरबाट बाहिरीएसँगै नियामक निकाउले चासो देखाउदै कारबाहीको लागि पहल थालेको छ । यसैविच आज हामीले नेपाल औषधि व्यावस्था विभाग विराटनगर र नेपाल औषधी व्यावसायी संघले ती ठगी गर्ने औषधि व्यावसायीलाई कारबारीको लागि के कस्तो कदम चालिरहेको छ भन्ने विषयमा भिडियो रिर्पोट तयार पारेका छौँ ।


नोवेल हस्पिटल बाहिरको औषधि व्यावसायीले ठगि गरेको बारे आवर विराटनगरमा आएको समाचार पछि तत्काल औषधि व्यावस्था विभागले कारबाहीको लागि पहल गरेको औषधि व्यावस्था विभाग शाखा कार्यालय विराटनगरका सुचना अधिकारी दीपेन्द्र खड्काले बताउनुभयो ।
यसरी आम सेवाग्राही तथा विरामीहरुलाई ठगि गर्ने व्यावसायीहरुका विरुद्ध गुनासो आएसँगै औषधि व्यावस्था विभागले दर्जनौ पसल शिल गरेको कारबाहीका दारयरामा ल्याईसकेको समेत खड्काले जानकारी दिनुभयो ।
साथै औषधि व्यावस्था विभागले औषधि पसलहरुबाट खरिद गर्दा पान नम्बर भएको विल लिन आग्रह गरेको भने ठगी गरेको आशंका लागेको तत्काल औषधि व्यावस्था विभागमा जानकारी दिन पनि अनुरोध गरेको छ ।


‘विगत २०३० सालदेखि औषधि व्यवसायीको हकहित र सामाजिक कार्यमा क्रियाशील संस्थामा आबद्ध सदस्यहरूको चरित्र नै हत्या हुने गरी विभागमा समेत दर्ता नभएका केही औषधि पसलहरूले गरेको गलत क्रियाकलापका कारण सम्पूर्ण व्यवसायीहरू बदनाम हुने अवस्था सिर्जना भएको नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले गुनासो गर्नुभयो । ‘यस्ता गलत कार्य गर्नेलाई कडा भन्दा कडा कानुनी कारवाही गर्न संघले सम्बन्धित निकायसँग जोडदार माग समेत गरेको उहाँले बताउनुभयो ।


घटना सार्वजनिक भए लगत्तै अहिले फार्मेसी सञ्चालक सटर बन्द गरेर फरार छन् । यसरी औषधिको विलमा १ ठाँउमा १८ र ५ को ठाँउमा अगाडी १ जोडेर १५ बनाई चलाखीपुर्ण ढंगबाट सेवाग्राहीलाई लुट्ने ती औषधि पसलेलाई चाडो भन्दा चाडो पक्राउ गरी कारबाहीको दायरामा ल्याउनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्