विराटनगर । पुष २७ गते आईतबार विहान ११ बजे विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा नेपाली कथानक चलचित्र ‘लडाई पहिचान’ को विशेष प्रदर्शनी गरिने भएको छ ।

चलचित्रले आदिवासी जनजाति समुदायको पहिचानको लडाइँको विषयलाई उठान गरेको निर्माण टिमले जनाएको छ । विराटनगरमा रहेका किराँत याक्थुङ चुम्लुङ , किरात राई यायोक्खा, किरात याक्खा छुम्मा , नेपाल तामाङ घेदुङ , गुरुङ समुदाय लगायत यहाँका अन्य जातिय सस्थाहरुले आईतबार विशेष प्रदर्शनी गरिने जनाएको छ ।
भिम लामा फिल्मस् प्रालिको ब्यानरमा निर्मित चलचित्र गत मंसिर ५ गतेबाट देशभर प्रदर्शन गरिने भएको थियो तर सेन्सर बोर्डले प्रदर्शनमा रोक लगाएपछि फिल्म हलहरुमा प्रदर्शनमा आउने भने सकेन । अहिले निर्माण टिमले पुर्वी शहरका विभिन्न हलहरुमा विशेष प्रर्दशनी गर्दै आएको छ ।

चलचित्र ‘लडाई पहिचानको ’मा नायिका करिश्मा मानन्धर, नायक धिरेन शाक्य, इन्डियन आइडल विजेता प्रशान्त तामाङ, राजेन्द्र खड्गी, सुरवीर पण्डित, जेनी घिसिङ, प्रेम सुब्बा, किशोर सम्बाहाम्फे, नवीन मेन्याङ्बो, परशुराम चौधरी सहित दिलु सुब्बा, शर्मिला राई, सुबास योन्जन तामाङ, अरुण प्रधान, दिनेश कोइराला, रामजी बिष्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको निर्माणमा भीम लामा, रामजी विष्ट, दिलु सुब्बा, र उमेश तामाङ रहेका छन् भने नृत्य निर्देशन मणिकुमार लिम्बू र सानुराजा थेगिमले गरेका छन् ।
