पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको मेयर नागेश कोइरालाद्धारा शुभकामना

<span class='c1'>पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता</span> <span class='c2'>दिवसको मेयर नागेश कोइरालाद्धारा शुभकामना</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपाल एकीकरणका महान् अभियन्ता तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले नेपाली समाजलाई इतिहास, राष्ट्रियता र एकताको मूल्यप्रति थप प्रतिबद्ध बनाउने विश्वास व्यक्त गरेका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले टुक्राटुक्रामा विभाजित तत्कालीन नेपाललाई एकीकरण गरी स्वाधीन, सार्वभौम र आत्मसम्मानयुक्त राष्ट्रको आधार निर्माण गर्नु पृथ्वीनारायण शाहको ऐतिहासिक योगदान भएको उल्लेख गरेका छन् । उनले राष्ट्रनिर्माताले प्रतिपादन गरेको ‘नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो’ भन्ने अवधारणा आजको समावेशी, सहिष्णु र एकताबद्ध समाज निर्माणका लागि अझै सान्दर्भिक रहेको बताए ।

मेयर कोइरालाका अनुसार राष्ट्रिय एकता बिना दिगो समृद्धि सम्भव छैन भन्ने सन्देश पृथ्वीनारायण शाहको योगदानको मूल आत्मा हो । बदलिँदो विश्व परिवेशमा राष्ट्रिय स्वाभिमान, सामाजिक सद्भाव, आपसी विश्वास र एकतालाई थप बलियो बनाउनु सबै नेपालीको साझा दायित्व भएको उनको भनाइ छ ।

विविध भाषा, संस्कृति र पहिचानबीच आपसी सम्मान, सहकार्य र सहअस्तित्वमार्फत मात्र बलियो राष्ट्र निर्माण सम्भव हुने उल्लेख गर्दै उनले पृथ्वी जयन्तीले विभाजन होइन एकता, निराशा होइन आशा र निष्क्रियता होइन जिम्मेवार नागरिक बन्न प्रेरित गरोस् भन्ने कामना गरेका छन् । यस अवसरमा नेपाल सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्