मार्टर्स मेमोरियल स्कुलद्धारा परीक्षाफल सार्वजनिक, उत्कृष्ट विद्यार्थी पुरस्कृत

<span class='c1'>मार्टर्स मेमोरियल स्कुलद्धारा परीक्षाफल</span> <span class='c2'>सार्वजनिक, उत्कृष्ट विद्यार्थी पुरस्कृत</span>

विराटनगर । विराटनगर–१० मा रहेको मार्टर्स मेमोरियल स्कुलले शैक्षिक सत्र २०८२ को दोस्रो त्रैमासिक (टर्मिनल) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गुणस्तरीय शिक्षाका कारण विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आएको यस विद्यालयले शनिबार बिहान एक विशेष समारोहका बीच कक्षा नर्सरीदेखि १० सम्मको नतिजा सार्वजनिक गरेको हो।


नतिजा प्रकाशनसँगै प्रत्येक कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कार तथा प्रशंसा–पत्र वितरण गरिएको छ। पुरस्कार वितरण गर्दै विद्यालयका प्रिन्सिपल विजय डाँगीले विद्यार्थीहरूको शैक्षिक प्रगतिको प्रशंसा गरे ।


वि।सं। २०४८ सालमा स्थापना भएको यस विद्यालयमा हाल करिब ६ सय विद्यार्थी अध्ययनरत छन्। अनुभवी शिक्षासेवी सी।एम। श्रेष्ठले विद्यालयको नेतृत्व सम्हालेपछि यसको शैक्षिक गुणस्तर र भौतिक संरचनामा व्यापक सुधार गरिएको छ। विद्यालयले पछिल्लो समय अत्याधुनिक ‘डीएसटीआई’ पद्धतिबाट पठनपाठन गराउँदै आएको छ, जसले विद्यार्थीहरूको सिर्जनशीलता र प्रयोगात्मक सिकाइमा जोड दिने गर्दछ ।


नयाँ व्यवस्थापनको आगमनसँगै मार्टर्स मेमोरियलले आगामी शैक्षिक सत्रदेखि प्लस टुका कक्षाहरू समेत सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्