विराटनगरको गुद्री बजार सुधार योजना, फोहोर दैनिक उठ्ने–शौचालय बन्दै

<span class='c1'>विराटनगरको गुद्री बजार सुधार योजना,</span> <span class='c2'>फोहोर दैनिक उठ्ने–शौचालय बन्दै</span>

विराटनगर । विराटनगरको नयाँ गुद्री बजारमा थुप्रिँदै आएको फोहर आइतबारदेखि व्यवस्थापन गर्न थालिएको छ । यसअघि बजारकै पछाडि फोहोर थुपारिँदा व्यापारी र ग्राहक दुवैलाई समस्या हुँदै आएको थियो।


त्यति मात्रै नभई फोहोरको गन्धले गुद्री बजार आसपासका नागरिकलाई असर गरेको गुनासो थियो । निजी क्षेत्रले जग्गा लिजमा लिएर सञ्चालन गर्दै आएको बजारको फोहोर तथा शौचालय अभावको समस्या बारम्बार दोहोरिदै आएको थियो । सब्जी मन्डी, फलफूल तथा गुद्री बजार व्यवस्थापन समितिका सचिव शाहव अहमद गुड्डुका अनुसार महानगरपालिकाले व्यवस्थापन गरेको डम्पिङ साइट अवरुद्ध भएपछि बाध्य भएर बजारको पछाडिपट्टि फोहर जम्मा गर्नुपरेको थियो। अब भने पुनः व्यवस्थापन गरी फोहोर डम्पिङ साइटमै पठाइने छ ।


बजारमा शौचालयको व्यवस्था नहुँदा थप समस्या भएपछि समितिले बजारबाट उठेको भाडाबाट नै शौचालय निर्माण थालेको छ । गुद्री बजारलाई थप व्यवस्थित बनाउन बाँकी कामहरू तीव्र गतिमा भइरहेको सचिव गुडुले जानकारी दिए।
उनले विराटनगर महानगरपालिकाले अहिलेसम्म व्यापारीहरूलाई कुनै किसिमको सहयोग नगरेको गुनासो गरे। “हामी व्यापारीबाट महानगरले कर लिन्छ, तर बजार व्यवस्थापनमा सहयोग गर्दैन,” उनले भने। साथै, विराटनगर महानगरपालिकामा अहिलेसम्म एउटा पनि व्यवस्थित सार्वजनिक कृषि बजार नहुनु दुःखद पक्ष भएको उनको भनाइ छ।

गुद्री बजार विराटनगरमा फलफूल र तरकारीको मुख्य बजार हो। हाल यो बजार निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ । यससँग उठ्ने विभिन्न गुनासोहरु समाधान पनि निजी क्षेत्रले गर्दै आएको छ । तर, स्थानीय सरकारले पायक पर्ने ठाउँमा गुद्री बजार सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने माग उनीहरुले गरेका छन् । यस अगाडी कटहरी गाउँपालिका १ मा एकिकृत फलफूल तथा तरकारी बजार सञ्चालनका लागि संरचना निर्माण गरिएको थियो । तर, यहाँ विराटनगर–९ को गुद्री बजार स्थान्तरण गर्न सकेन । त्यसपछि निजी क्षेत्रले आफैं बजार सञ्चालन गर्दै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्