भोली विराटनगरमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आउदै

<span class='c1'>भोली विराटनगरमा श्रम संस्कृति पार्टीका</span> <span class='c2'>अध्यक्ष हर्क साम्पाङ आउदै</span>

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विराटनगर आउने भएका छन् । सुम्निमा सांस्कृतिक परिवार विराटनगरको आयोजनामा हुन लागेको “समसामयिक राजनीतिक परिवेशमा नागरिकको भूमिका” विषयक अन्तक्रिया कार्यक्रममा सहभागी हुन उनी विराटनगर आउन लागेका हुन् ।


आयोजक समितिका अनुसार उक्त अन्तक्रिया कार्यक्रम विराटनगर– १ स्थित विष्णुमाया पुस्तकालयमा बिहान ११ बजे आउने भएका हुन् । कार्यक्रममा वर्तमान राजनीतिक अवस्था, नागरिक भुमिका, सहभागिता तथा जिम्मेवारीका विषयमा खुला छलफल गरिने जनाइएको छ ।

कार्यक्रममा राजनीतिक विश्लेषक, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा सर्वसाधारण नागरिकको सहभागिता रहने सुम्निमा सांस्कृतिक परिवार विराटनगरले जनाएको छ । आयोजक समितिले नागरिकलाई सक्रिय सहभागिताका लागि कार्यक्रममा उपस्थित हुन अनुरोधसमेत गरेको छ । साथै श्रम सस्कृति पार्टीको प्रथम महानगर भेला माघ ३ गते शनिबार हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्