विराटनगर , माघ ४ ,
नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको प्रारम्भिक टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले उम्मेदवार तय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्।
उनका अनुसार कोशी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगिए पनि केही स्थानमा भने अन्तिम निर्णय पार्टी अध्यक्षले गर्ने गरी बाँकी राखिएको छ।
कोशी प्रदेशका उम्मेदवारहरू
ताप्लेजुङ–१ मा उम्मेदवार अध्यक्षले टुंग्याउने भएका छन्।
पाँचथर–१ बाट ऐन्द्रसुन्दर नेम्वाङ उम्मेदवार बनेका छन्।
इलामबाट
– इलाम–१ : काजिमान कागते
– इलाम–२ : सुहाङ नेम्वाङ
झापामा
– झापा–१ : रामचन्द्र उप्रेती
– झापा–२ : देवराज घिमिरे
– झापा–३ : अध्यक्षले टुंग्याउने
– झापा–४ : मनोज ताम्ली
– झापा–५ : केपी शर्मा ओली
संखुवासभा–१ बाट डा. अर्जुन कार्की,
धनकुटा–१ बाट राजेन्द्र राई,
भोजपुर–१ बाट शेर्दन राई,
तेह्रथुम–१ बाट भानुभक्त ढकाल उम्मेदवार बनेका छन्।
सुनसरीमा
– सुनसरी–१ : सूर्य पन्दाक
– सुनसरी–२ र ३ मध्ये एकमा जगदीश कुसियात, अर्कोमा अध्यक्षले टुंग्याउने
– सुनसरी–४ : भगवती चौधरी
मोरङमा
– मोरङ–१ : घनश्याम खतिवडा
– मोरङ–२ : दिलीप बगेडिया
– मोरङ–३ : दिलीप राई
– मोरङ–४ : जीवन घिमिरे
– मोरङ–५ र ६ : उम्मेदवार अध्यक्षले टुंग्याउने
त्यसैगरी
सोलुखुम्बु–१ : कल्पना राई,
ओखलढुंगा–१ : अस्मिता थापा,
उदयपुर–१ : दुर्गा थापा स्वोती,
उदयपुर–२ : अमर रायमाझी,
खोटाङ–१ : देवविक्रम राई उम्मेदवार बनेका छन्।
चर्चित नाम बाहिर, केही क्षेत्रमा अझै अनिर्णय
कोशी प्रदेशमा उम्मेदवारको सूची सार्वजनिक भए पनि केही चर्चित नेताहरू भने टिकट सूचीमा अटाएका छैनन्। विशेषगरी मोरङका दुई निर्वाचन क्षेत्रमा अझै उम्मेदवार टुंगो नलाग्दा पार्टीभित्र चासो बढेको छ।
एमाले स्रोतका अनुसार बाँकी क्षेत्रका उम्मेदवार अध्यक्ष केपी शर्मा ओलीले प्रत्यक्ष निर्णय गर्ने तयारी छ।
उम्मेदवार टुंगिएसँगै कोशी प्रदेशमा एमालेको चुनावी गतिविधि थप तीव्र हुने संकेत देखिएको छ।