प्रेम देवान
विराटनगर । विराटनगरका युवाहरूले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको कथा वस्तुलाई समेटेर निर्माण गरेको सर्ट मुभि ‘झोले’ सार्वजनिक गरिएको छ । सामाजिक चेतना, राजनीतिक व्याङ्ख र युवाको दृष्टिकोणलाई एकसाथ प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको झोले सर्ट मुभिको केहीदिन अघि युटुव मार्फत सार्वजिक गरिएको हो ।

विराटनगरका युवा शंकर शर्मा (नेपदेशी) ले झोले सर्ट मुभिको लेखन तथा निर्देशन गरेका हुन् । उनीसँगै विराटनगरका सन्दीप साह , सोनु मिश्रा , हितेश धरेवा , रोशन यादव , धमेन्द्र बोहरा , अर्जुन पोखरेल, धिरज दास , सुमित केशरी, गोपाल मण्डल, धिरज मण्डल , अजय रोय , सुनिल रोय लगायतका स्थानिय कलाकारहरुको मुभिमा अभिनय रहेको छ ।
‘द न्यू सप ईन्टरटेडमेन्ट’ नामक युटुव च्यानलबाट उत्त भिडियो सार्वजिक गरिएको छ । केहीदिन अघि विराटनगरमा रहेको ह्याप्पी आवर एन हेवेनमा एक कार्यक्रमको आयोजना गरि उक्त भिडियो सार्वजनिक गरिहेको कलाकार सन्दीप साहले जानकारी दिए ।

स्थानीय कलाकारहरूको अभिनय रहेको ‘झोले’ को छायांकन विराटनगरका विभिन्न स्थानमा गरिएको छ । उक्त मुभि अहिले युट्युब र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएपछि दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया आइरहेको निर्माण टिमले जनाएको छ ।

सर्टले राजनीति र समाजबीचको सम्बन्धलाई सरल तर प्रभावकारी शैलीमा प्रस्तुत गर्दै युवाहरूको सोच, असन्तुष्टि र अपेक्षालाई उजागर गरेको छ । जेन्जी आन्दोलन हुनुको पछाडी र यसले पारेको प्रभावहरु बारे पनि यस सर्ट मुभिमा उजागर गराउन खोजिएको छ ।
अब आउने चुनावहरुमा कस्ता नेतालाई रोज्ने र युवा मतदातालाई सचेत बनाउँदै सही निर्णयतर्फ प्रेरित गर्ने सन्देश पनि यस मुभिका झोले पात्रका कलाकार सन्दीप साह (सागर ) ले गतिलो उदाहरण दिएका छन् ।

नोटले भोट किन्दैमा जनताले असल नेता कसरी रोज्ने भन्ने निर्णय मतदातामा भर पर्ने पनि यस सर्ट मुभिले गहिरो सन्देश दिएको छ । यस्ता मुभिहरुले आगामी आउने निर्वाचनलाई पनि पक्कै केही न केही सहयोग पुग्ने देखिएको छ ।