विराटनगरमा तामाङ समुदायले भव्य रूपमा मनाए सोनाम ल्होछार

<span class='c1'>विराटनगरमा तामाङ समुदायले भव्य</span> <span class='c2'>रूपमा मनाए सोनाम ल्होछार</span>

विराटनगर । विराटनगरमा रहेका तामाङ समुदायले राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार विराटनगरमा भव्य रूपमा मनाएका छन् । विराटनगर–१० स्थित एक्वा पार्कमा विधिवत पूजापाठ गरी बिहान १० बजे विराटनगरको महेन्द्रचोकबाट शान्ति ‍¥याली निकालिएको थियो। ‍¥याली विभिन्न स्थानको परिक्रमा गर्दै पुनः एक्वा पार्कमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।


कार्यक्रममा विराटनगरमा क्रियाशील विभिन्न जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सांस्कृतिक झाँकी, परम्परागत तामाङ भेषभूषा, गीत–संगीत र नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष गोविन्द तामाङले सोनाम ल्होसार तामाङ समुदायको पहिचान, संस्कृति र परम्परालाई संरक्षण गर्ने महत्वपूर्ण पर्व भएको बताउनुभयो। सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र नभई तामाङ समुदायको भाषा, संस्कृति र मौलिक परम्परालाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने अवसर रहेको उहाँले बताउनुभयो ।


कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद विराटनगरका अध्यक्ष सुरेस सिह गनगाइले विराटनगरमा रहेका विभिन्न समुदायबीच सहकार्य र सहअस्तित्वको भावना विकास हुँदै गएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी अतिथीहरुलाई तामाङ घेदुङ महानगरकी अध्यक्ष विष्णु तामाङले खदा लगाई मायाको चिनो समेत प्रदान गर्नुभयो । हाल विराटनगरमा ६ हजार बढी तामाङ समुदायको बसोबास रहेको तामाङ समुदायका अग्रजहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्