विराटनगरका सडकमा ‘सुरक्षित चालक अभियान’, यातायातमा लाइसेन्स लिने लाम

<span class='c1'>विराटनगरका सडकमा ‘सुरक्षित चालक अभियान’,</span> <span class='c2'>यातायातमा लाइसेन्स लिने लाम</span>

विराटनगर । विराटनगरमा सिटीसफारी र यसका चालक आधिकारिकता यकिन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कडाई गरेपछि यातायात कार्यालय विराटनगरमा चाप बढेको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा ‘सुरक्षित चालक अभियान’ सञ्चालन भइरहेको छ । विराटनगरमा तिव्र रुपमा चलेको अभियानसँगै यातायात कार्यालयमा भने लाइसेन्स लिनेको लाइन बढेको छ ।
यो अभियानले सडकमा जथाभावी गुड्ने सिटी सफारीको आधिकारिक कागजात, मेकानिकल अवस्था र चालक वैध भएनभएको विषय यकिन गर्ने कार्य भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेका अनुसार अभियान सुरु भएपछि अहिले चालक अनुमतिपत्र लिनेको संख्या दैनिक बढ्दै गएको हो । जसको कारण यातायात व्यवस्था कार्यालयको चाप समेत बढेको छ ।

यातायात कार्यालय विराटनगका प्रमुख गोपाल दाहालका अनुसार सोमबार ४३६ जना चालकले अनुमतिपत्र लिने ट्रायल दिएका छन् । कोशी प्रदेश सरकारले सिटी सफारी चालक अनुमतिपत्रका लागि लिखित परीक्षा दिन नपर्ने ऐन तथा नियमावली जारी गरेको छ । त्यसपछि लिखित दिनुनपर्ने तर ट्रायल मात्रै दिनुपर्ने नियम बनाइएको छ । अहिले सिटी सफारी र त्यसको चालक बन्ने वैधता दुवै अनिवार्य गर्ने कामलाई प्रभाव बढाइएको छ ।

कार्यालय प्रमुख दाहालले लिखित परीक्षा दिनुपर्ने प्रावधान रहँदासम्म महिनामा ४०÷५० जनाले मात्रै चालक अनुमति पत्र लिनका लागि आवेदन दिने गरेका थिए । तर, पछिल्लो समय लिखित परीक्षा दिन नपर्ने नियमले उनीहरुका लागि कानुनी बाटोमा आउन सहज बनाइएको छ ।
सिटी सफारी चालक अनुमित बिना पनि भारतीय नागरिक चालक बनेर सहरका सिटी गुड्थे । दुर्घटना भइहाले सिटी मात्रै भेटिने तर चालक फरार हुने स्थिति प्रहरीमा थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख न्यौपानेका अनुसार अपराधका कतिपय घटनामा समेत सिटी प्रयोग बढ्दो छ । त्यस बाहेक जथाभावी सहरका सडकमा सिटीको संख्या दिनप्रतिदिन बढ्दो रहेको छ । त्यसलाई व्यवस्थापन गर्न पनि पहिला सिटी सफारी र यसका चालकलाई कानुनी रुपमा मान्यताप्राप्त बनाउन आवश्यक रहेकोले यो अभियान थालिएको हो ।

विराटनगरमा पछिल्लो १५ दिनयता ट्राफिक प्रहरीले यो अभियानलाई तिव्र बनाइरहेको छ । त्यसपछि अहिले चालक अनुमतिपत्रका लागि यातायात कार्यालयमा आवेदन दिनेको संख्या, ट्रायल दिनेको संख्या बढ्न थालेको हो । विराटनगर महानगरपालिका भित्र मात्रै १२ हजार सिटी सफारी दैनिक सडकमा गुड्ने गरेको तथ्यांक छ । यस अगाडीसम्म स्थानीय तह मातहतमा छोटो दुरीका सवारी अन्तर्गत तीन पाङ्ग्रे सिटी सफारी दर्ता तथा नविकरण हुनुपर्ने नियम थियो । विराटनगर महानगरपालिकाको तथ्यांकमा १२ हजार सिटी सफारीमध्ये तीन हजार २०० चालकसँग मात्रै चालक अनुमतिपत्र रहेको देखिन्छ । कतिपय सिटी सफारी चालकले भने यसमा पनि गोलमाल भइरहेको बताएका छन् । उनीहरुले आफ्नै सफारी हुँदा पनि भाडाको सिटी ट्रायलका लागि प्रयोग गर्नुपर्ने दवाव आएको सुनाएका छन् । यसरी सिटी प्रयोग गर्दा ३०० रुपैँया बुझाउनु परेको छ ।

यसको खेल पनि अनौठो छ, एक चालकले भने भाडाको सिटी प्रयोग नगर्दा ट्रायलमा अड्काउने आशंका छ । आफ्नै हुँदाहुँदै भाडामा लिनुपर्ने दवाव र भाडाको प्रयोग गर्दा फ्याटटै पास भइन्छ भन्ने प्रभाव कसरी चलिरहेको छ ? उनले प्रश्न गर्दै भने–सिस्टम सुधार्ने कुरामा चलखेल हुन चाँहि हुन्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्