विराटनगरमा २३ औँ भजन–कीर्तन प्रतियोगिता हुने, प्रथमलाई २५ हजार पुरस्कार

<span class='c1'>विराटनगरमा २३ औँ भजन–कीर्तन प्रतियोगिता</span> <span class='c2'>हुने, प्रथमलाई २५ हजार पुरस्कार</span>

विराटनगर । विराटनगर–४ स्थित मदरल्याण्ड एकेडेमीले आगामी सरस्वती पूजाको अवसर पारेर २३ औँ भजन–कीर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयले सोमबार पत्रकार सम्मेलन आयोजना गरी माघ ९ गते हुने प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो ।
विगत २३ वर्षदेखि विद्यार्थीहरूमा अनुशासन, करुणा, कला, संस्कार र नैतिकताको विकास गर्ने उद्देश्यले विद्यालयले यो कार्यक्रम आयोजना गर्दै आएको छ । समाजमा संकटमा पर्दै गएको मौलिक वाद्यवादन र भजन–कीर्तनको संरक्षण एवं प्रवद्र्धन गर्ने लक्ष्यसहित यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिन लागिएको प्रिन्सिपल मोहन बुढाथोकीले जानकारी दिए ।


प्रिन्सिपल बुढाथोकीका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले २५ हजार, द्धितीयले २० हजार र तृतीयले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सान्त्वना पुरस्कार ३ हजार ५ सय रुपैयाँ तोकिएको छ । पुरस्कारको कुल राशि २ लाख २४ हजार ५ सय रुपैयाँ रहेको छ ।
विद्यालय स्थापना कालदेखि नै सञ्चालन हुँदै आएको यस कार्यक्रमलाई २०७९ सालदेखि प्रतियोगितात्मक स्वरूप दिइएको हो । गत वर्ष मोरङ र सुनसरीका ३० टोली सहभागी भएकोमा यस वर्ष सहभागी संख्या बढ्ने अनुमान गरिएको छ । आयोजकका अनुसार हालसम्म ५० टोली सहभागी हुने अपेक्षा गरिएको छ भने दर्ताका लागि भोलि माघ ६ गतेसम्मको म्याद थप गरिएको छ ।

प्रतियोगितालाई अझ व्यवस्थित बनाउन सोमबार नै सहभागी टोलीहरूका लागि प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको थियो । माघ ९ गते वसन्त पञ्चमीका दिन दिउँसो २ बजेदेखि प्रतियोगिता सुरु हुनेछ भने बिहान ७ः३० बजेदेखि सरस्वती पूजनोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्