काठमाडौंमा आयोजित राष्ट्रियस्तरको “ACE Ardent” मा विराटनगरको सेन्ट जोसेफको सहभागिता

<span class='c1'>काठमाडौंमा आयोजित राष्ट्रियस्तरको  “ACE Ardent”</span> <span class='c2'>मा विराटनगरको सेन्ट जोसेफको सहभागिता</span>

विराटनगर । काठमाडौंमा आयोजित राष्ट्रियस्तरको प्रतिष्ठित व्यवस्थापन प्रतिस्पर्धा “ACE Ardent” मा विराटनगरको सेन्ट जोसेफ कलेजले उत्साहजनक सहभागिता जनाएको छ।

काठमाडौंस्थित एस इन्स्टिच्युटमा गत जनवरी १७ र १८ तारिखका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो। देशभरका १८ वटा प्रतिष्ठित कलेजहरू सहभागी रहेको यस प्रतिस्पर्धामा विराटनगरबाट प्रतिनिधित्व गर्ने सेन्ट जोसेफ्स एकमात्र कलेज हो। राजधानी बाहिरबाट सीमित कलेजहरूको मात्र सहभागिता रहेको यस कार्यक्रममा विराटनगरको तर्फबाट उपस्थिति जनाउनुलाई एक महत्त्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ।

विद्यार्थीहरूको प्रभावशाली प्रस्तुति प्रतियोगितामा सेन्ट जोसेफ्स कलेजका चार जना विद्यार्थीहरूले सक्रिय र प्रतिस्पर्धात्मक सहभागिता जनाएका थिए। सहभागी हुनेहरूमा परिशा मगर (होटल म्यानेजमेन्ट), नतिजा दाहाल (होटल म्यानेजमेन्ट), अनिश लाम्जेल (होटल म्यानेजमेन्ट), वर्षा बोथरा (व्यवस्थापन संकाय) रहेका थिए । दुई दिनसम्म चलेको उक्त कार्यक्रममा 'केस स्टडी', समूहगत प्रस्तुति, व्यवस्थापकीय निर्णय क्षमता, नेतृत्व विकास र विश्लेषणात्मक सोचसँग सम्बन्धित विभिन्न चरणहरू रहेका थिए। ती सबै गतिविधिहरूमा सेन्ट जोसेफ्सका विद्यार्थीहरूले आफ्नो उत्कृष्ट सीप र क्षमता प्रदर्शन गर्दै निर्णायकहरूको ध्यान आकर्षित गर्न सफल भए।

व्यावहारिक शिक्षामा जोड कलेज प्रशासनका अनुसार यस्ता राष्ट्रियस्तरका कार्यक्रममा सहभागी हुनाले विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा बाहिरको व्यावहारिक अनुभव प्राप्त हुन्छ। यसबाट विद्यार्थीहरूमा आत्मविश्वास बढ्ने, नेतृत्व क्षमताको विकास हुने र नयाँ नेटवर्किङको अवसर मिल्ने कलेजको विश्वास छ।

सेन्ट जोसेफ्स कलेजले शिक्षाका साथै अतिरिक्त क्रियाकलापलाई पनि निरन्तर प्राथमिकता दिँदै आएको छ। यस प्रतियोगितामा कलेजको सहभागिताले विराटनगर क्षेत्रकै शैक्षिक गरिमा बढाएको र आगामी दिनमा अन्य विद्यार्थीहरूलाई पनि यस्ता वैयक्तिक विकासका कार्यक्रममा लाग्न प्रेरणा मिल्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्