विराटनगर माघ ६ ,
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।
कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार पार्टीले क्षेत्र नम्बर १ बाट खड्ग फागो, क्षेत्र नम्बर २ बाट डा. मिनेन्द्र रिजाल, क्षेत्र नम्बर ३ बाट डा. सुनील शर्मा, क्षेत्र नम्बर ४ बाट गुरुराज घिमिरे, क्षेत्र नम्बर ५ बाट फुलकुमार लालवानी र क्षेत्र नम्बर ६ बाट डा. शेखर कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
पार्टीले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेसँगै मोरङमा कांग्रेसको चुनावी गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।