मोरङ ४ मा १७ दल र चारजना स्वतन्त्रको उमेदवारी, एकजनाको नाममा कैफियत

<span class='c1'>मोरङ ४ मा १७ दल र</span> <span class='c2'>चारजना स्वतन्त्रको उमेदवारी, एकजनाको नाममा कैफियत</span>

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट २१ जनाको उमेदवारी दर्ता भएको छ । जसमा १७ दल र ४ जना स्वतन्त्र रहेका छन् ।
आइतबार विराटनगर–१ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उमेद्वारी दर्ता गरेकामध्ये एकजना स्वतन्त्र उमेद्वारको नाम भने निर्वाचन आयोगले कैफियत देखाएको छ ।

मोरङ क्षेत्र नम्बर ४ का सहायक निर्वाचन अधिकृत तथा प्रवक्ता अश्विनी भण्डारीका अनुसार स्वतन्त्र उमेदवार रामप्रसाद मुखिया यस अगाडी समेत उमेदवार भएर निर्वाचन खर्च विवरण नबुझाएकोले उहाँकोे नाम निर्वाचन आयोगमा प्रविष्ट गर्न नसकिएको हो । उमेदवारी दर्तापछि उहाँलाई सम्पर्क गर्न समेत नसकिएको भण्डारीले बताउनुभयो ।

भण्डारीका अनुसार उहाँी बाहेक १७ दल र ३ जनाको स्वतन्त्र उमेदवारी परेको अहिलेसम्म यकिन भएको छ । यस क्षेत्रमा यस अगाडी नेकपा माओवादीबाट निर्वाचित अमनलाल मोदीले नेपाली कम्यूनिष्ट पार्टीबाट उमेदवारी दर्ता गराउनु भएको छ । यसैगरी नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले वारेसमार्फत मनोनयन दर्ता गराउनु भएको छ । घिमिरेकोे उमेदवारी नेपाली काँग्रेस क्षेत्रीय सभापति बिनोद बहादुर बस्नेतले गराउनु भएको हो ।

नेकपा एमालेबाट जीवन घिमिरेले उमेदवारी दर्ता गराउनु भएको छ । प्रमुख सत्तारुढ र प्रतिपक्षी दलहरूले पनि आफ्ना प्रभावशाली उम्मेदवारहरू मैदानमा उतारेका छन् । नयाँ शक्ति र वैकल्पिक राजनीतिको नारासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सन्तोष चौधरीलाई उमेदवारको रुपमा अगाडी सारेको छ । चौधरीले पनि आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट माधव आचार्यले उमेदवारी दर्ता गराउनु भएको छ ।

क्षेत्र नम्बर ४ मा मनोनयनका क्रममा दलीय उमेदवारी दर्तामा तामझाम देखिएको थियो । त्यस बाहेक यो क्षेत्रबाट पहिलो पटक दर्ता भएको समावेशी समाजवादी पार्टीबाट नुमा लिम्बु चञ्चलाले उमेदवारी दर्ता गराउनु भएको छ । लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको प्रतिनिधित्व हुने गरी यो पार्टी स्थापना गरिएको हो । लिम्बुको उमेदवारी मनोनयनमा संविधानसभा सदस्य सुनिलबाबु पन्त स्वयम् उपस्थित हुनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्