मोरङ ६ मा २० जनाको उमेदवारी, डाक्टर शेखरलाई नयाँ अनुहार चुनौती

<span class='c1'>मोरङ ६ मा २० जनाको उमेदवारी,</span> <span class='c2'>डाक्टर शेखरलाई नयाँ अनुहार चुनौती</span>

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ मा २० जनाले उमेदवारी दर्ता गराएका छन् । विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल र स्वतन्त्रले उमेदवारी दर्ता गराएका हुन् ।

क्षेत्र नम्बर ६ मा यस अगाडी नेपाली काँग्रेसका डा.शेखर कोइराला निर्वाचित भएका थिए । नेपाली राजनीतिमा कोइराला विरासतको प्रतिनिधिको रुपमा रहेका शेखरहित अन्य प्रमुख राजनीतिक दलले तामझामका साथ उमेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेका तर्फबाट विनोद प्रसाद ढकाल, नेपाली कम्प्युनिष्ट पार्टीका ओपेन्द्रराय यस क्षेत्रमा मुख्य प्रतिस्पर्धी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट नयाँ अनुहार रुविना आचायले पनि उमेदवारी दर्ता गराएकी छिन् ।

निर्वाचन आयोगले प्रकाशित गरेको नामावली अनुसार निम्न दलबाट निम्न उमेदवार रहेका छन्
१. अनु मगर – मंगोल नेशनल अर्गनाइजेसन
२. उत्तम दाहाल – स्वतन्त्र
३. उपेन्द्र कुमार राय – नेपाली कम्युनिष्ट पार्टी
४. किरण खड्का – स्वतन्त्र
५. कुमार प्रसाद खतिवडा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
६. खडानन्द रिजाल – स्वतन्त्र
७. डा. शेखर कोइराला – नेपाली कांग्रेस
८. तिलकराम राजवंशी – नेपाल मजदुर किसान पार्टी
९. प्रिती झा – सार्वभौम नागरिक पार्टी
१०. बद्री पासवान – आम जनता पार्टी
११. बलराम खवास – नागरिक उन्मुक्ति पार्टी
१२. वसन्त बुढाथोकी – उज्यालो नेपाल पार्टी
१३. महम्मद जाविर – जनता समाजवादी पार्टी
१४. मातृका पौडेल – श्रम संस्कृति पार्टी
१५. राजु मण्डल राजवंशी – जनता समाजवादी पार्टी, नेपाल
१६. राम खत्री – स्वतन्त्र
१७. रूविना आचार्य – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
१८. विनोद प्रसाद ढकाल – नेकपा (एमाले)
१९. सविन निरौला – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
२०. सुध राम माझी – जनमत पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्