मोरङ ५ मा २२ जनाको उम्मेदवारी दर्ता , जेन्जी पुस्तादेखी पुराना अनुहार मैदानमा

<span class='c1'>मोरङ ५ मा २२ जनाको उम्मेदवारी दर्ता</span> <span class='c2'>, जेन्जी पुस्तादेखी पुराना अनुहार मैदानमा</span>

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको  निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ५ मा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । आइतबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमुख राजनीतिक दलका प्रतिनिधि र स्वतन्त्र गरी कुल २२ जनाले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।


यस क्षेत्रमा यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका योगेन्द्र मण्डलले यसपटक आफ्नै नेतृत्वको नयाँ दलबाट उम्मेदवारी दिएका छन् । उनले राष्ट्रिय ऊर्जाशील पार्टी गठन गरी सोही पार्टीको तर्फबाट दिउँसो ३ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

 

यस्तै, प्रमुख सत्तारुढ र प्रतिपक्षी दलहरूले पनि आफ्ना प्रभावशाली उम्मेदवारहरू मैदानमा उतारेका छन् । नेपाली कांग्रेसका तर्फबाट फुलकुमार लालवानी, नेकपा (एमाले) बाट मनोज अग्रवाल, र नेपाली कम्युनिष्ट पार्टीबाट शिवकुमार मण्डलले उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजकुमार यादव पनि चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।


नयाँ शक्ति र वैकल्पिक राजनीतिको नारासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महिला उम्मेदवार आशा झालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कुमोद रायले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी जनमत पार्टीबाट परमेश्वर मुर्मु , राष्ट्रिय मुक्ति पार्टी नेपालबाट नेरश कुमार लाभ रहेका छन् । दलीय उम्मेदवारबाहेक यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको पनि बाक्लो उपस्थिति देखिएको छ । स्वतन्त्रबाट अमर कुमार यादव, मो. रेजा हुसैन , विकास श्रेष्ठ, र ममता यादव ,सुजित कुमार साह , राजकुमार राजवंशी ,लगायतले उम्मेदवारी दिएका छन् ।

२२ जनाको उम्मेदवारीसँगै मोरङ ५ मा बहुकोणीय र रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । मोरङ क्षेत्र नम्बर ५ का निर्वाचन अधिकृत मदन प्रसाद पराजुलीले उम्मेदवारहरूको नामावली प्रकाशन र दाबी विरोधको प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्