मोरङका ६ निर्वाचन क्षेत्र, ११८ उमेदवार : सुरक्षामा प्रहरीका एकसय यूनिट

<span class='c1'>मोरङका ६ निर्वाचन क्षेत्र, ११८ उमेदवार</span> <span class='c2'>:  सुरक्षामा प्रहरीका एकसय यूनिट</span>

विराटनगर । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङका ६ निर्वाचन क्षेत्रबाट ११८ जनाले उमेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारविरुद्ध उजुरी दिन सकिने दिन हो । निर्वाचन माहौलले छोएसँगै जिल्लाभर सुरक्षाका लागि प्रहरी तैनाथी बढाइएको छ ।

मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएसँगै अब निर्वाचनमा दलहरुले मतदाता भेटघाटका कार्यक्रम सुरु गरिसकेका छन् । निर्वाचन प्रचारप्रसार फागुन ४ गतेदेखि १८ गतेसम्मलाई तोकिएको छ । निर्वाचन लागेसँगै जिल्लाभर प्रहरीले सक्रियता बढाएको छ । यद्यपी निर्वाचन सुरक्षाका लागि थप सुरक्षाकर्मी अहिले उपलब्ध भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अहिले विद्यमान जनशक्ति एक हजार ४०० बाटै निर्वाचन अगाडीको अवस्था समालिनेछ । तर, जिल्ला प्रहरी कार्यालय मातहतका निकायबाट उमेदवारहरुले घरदैलो गर्ने क्रममा केहि सुरक्षा चुनौती देखिदाँ परिचालन हुनेछ । त्यस बाहेक मोरङमा प्रहरीका एकसय यूनिटबाट तत्काल उमेदवारलाई आवश्यक पर्दा सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक हरीनन्दन चौधरीले जानकारी दिएका छन् ।

उनका अनुसार निर्वाचन नजिकँदै जाँदा वा निर्वाचन प्रचार सुरु भएपछि जिल्लामा थप जनशक्ति उपलब्ध हुनेछ । त्यस बाहेक अब निर्वाचन प्रहरी भर्नाको काम समेत अन्तिम चरणतर्फ प्रवेश गरिसकेको छ । प्रहरी नायव उपरीक्षक चौधरीका अनुसार मोरङमा दलहरुबीचको हार्दिकताका कारण पनि आ–आफ्नो फिल्डमा जाने कुरामा समस्या नदेखिने विश्वास छ ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार क्षेत्र नम्बर १ मा १८, क्षेत्र नम्बर २ मा १७, क्षेत्र नम्बर ३ मा २१, क्षेत्र नम्बर ४ मा २०, क्षेत्र नम्बर ५ मा २२ र क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्