विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजको आयोजनामा सेफ प्रतियोगिता माघ १६ गते कलेज परिसरमै हुने भएको छ। प्रतियोगितामा विभिन्न ११ वटा कलेजका होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरू बीच प्रतिस्पर्धा हुने छ।
गत वर्ष सफल रूपमा पहिलो सिजन सम्पन्न भइसकेको उक्त प्रतियोगिता विद्यार्थीहरूको खाना पकाउने सीप, सिर्जनशीलता र व्यावसायिक क्षमता उजागर गर्ने उद्देश्यले आयोजना गरिएको कलेजका प्रमुख भरत सापकोटाले जानकारी दिए।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले विभिन्न परिकार प्रस्तुत गर्नेछन् भने निर्णायकहरूले उत्कृष्ट सेफ छनोट गरी पुरस्कार वितरण गरिनेछ।
कलेजका अनुसार यस्ता कार्यक्रमले होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीलाई व्यावहारिक अनुभव र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।