तिहारमा देउसीभैलो खेलेको संकलित रकमबाट विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

<span class='c1'>तिहारमा देउसीभैलो खेलेको संकलित रकमबाट</span> <span class='c2'>विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण</span>

विराटनगर । तिहारको समयमा देउसीभैलो खेलेको संकलित रकमले विराटनगर महानगरपालीका १२ को दुई वटा विद्यालयका विद्यार्थी स्टेशनरी सामाग्री वितरण गरिएको छ । विराटनगर १२ मा रहेको पञ्चमुखी युवा समाजले यसैबर्ष तिहारमा देउसीभैलो खेलेको संकलित रकमबाट विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेका हुन् ।


पञ्चमुखी युवा समाजका अध्यक्ष लाक्पा लामाका अनुसार विराटनगर १२ मा रहेको जनता बाल कल्याण आधारभुतका ११० र दरैयामा रहेको जनता आधारभुत विद्यालयका ३ सय विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान गरिएको हो ।


लामाका अनुसार सहिद दिवसको अवसर पारेर विद्यार्थीलाई अति आश्वयक पर्ने कपि, डटपेन र पेन्सील लगायत शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यार्थीहरुलाई करिब १८ हजार मुल्य बराबरको शैशिक सामाग्री वितरण गरिएको समाजका अध्यक्ष लामाले जानकारी दिए ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा समाजका सचिव गौतम कामत, सह सचिव आकाश कर्ण ,कोषाध्यक्ष रमिला कोईराला लगायत कार्य समितिका सदस्यहरुले स्कुलमा पुगेर शैक्षिक समाग्री वितरण गरेका थिए ।

यता स्कुलका प्रध्यापकहरुले यस क्षेत्रका बालबालिकालाई अति आवश्यक परेका बेला शैक्षिक सामाग्री प्राप्त भएसँगै ठुलो राहत मिलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्