एभरेष्ट स्कुलको ३२ औँ अभिभावक दिवस सुरु, विद्यार्थीले देखाए आफ्नो प्रतिभा

<span class='c1'>एभरेष्ट स्कुलको ३२ औँ अभिभावक दिवस</span> <span class='c2'>सुरु, विद्यार्थीले देखाए आफ्नो प्रतिभा</span>

विराटनगर । विराटनगरमा रहेको एभरेष्ट सेकेण्डरी स्कुलले आफ्नो ३२ औँ अभिभावक दिवस शुक्रबारदेखि विविध कार्यक्रमका साथ मनाउन सुरु गरेको छ । दुई दिनसम्म चल्ने यस उत्सवको पहिलो दिन आज शुक्रबार प्ले ग्रुपदेखी कक्षा ५ सम्मका विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए ।


त्यसैगरी कक्षा ६ देखी कक्षा १० सम्मका विद्यार्थीहरुले आफुभित्र लुकेका प्रतिभालाई भोली शनिबार अभिभावक तथा अतिथिसामु देखाउने छन् ।


२०५० सालमा स्थापना भएको स्कुलले सुरुवाती चरणमा ८४ जना विद्यार्थीहरुबाट स्कुल संचालन गरेर आज २५ सय भन्दा बढी विद्यार्थीहरु रहेको एभरेष्ट स्कुलका प्रिन्सिपल टीकाराम पुरीले बताउनुभयो ।


स्कलले २५ व्याच एसईई र ७ वटा व्याच कलेजबाट विद्यार्थीहरु पासआउट गरेको जनाउदै आगामी दिनमा बेच्लर ईन ईफरमेशन टेक्नोलोजी विषय ल्याउने तयारी समेत रहेको प्रिन्सीपल पुरीले बताउनुभयो ।


साथै उहाँले नेपालको शिक्षा प्रणालीलाई आधुनिक विज्ञान र प्रविधिसँग जोड्नुपर्ने बताउनुभयो । अब हामीले शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सकेनौँ भने त्यो ‘डेट एक्सपायर्ड’ (म्याद नाघेको) शिक्षा हुनेछ समेत धारणा व्याक्त राख्नुभयो ।
एभेरेष्ट स्कुलले अरुसँग तुलना र प्रतिस्प्रधा नगरी आफै अगाडी बढ्न चाहान्छ पुरीले भन्नुभयो, एभरेष्ट स्कुलले बोलीबाट भन्दा पनि कामबाट अगाडी बढ्न चाहेको प्रिन्सीपल पुरीको भनाई थियो ।


कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलले विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभई सीप र संस्कारसहितको शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।
विनोद ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको पहिलो दिन विद्यार्थीहरूले आकर्षक नृत्य, गायन र विभिन्न सांस्कृतिक कलाहरू प्रस्तुत गरेर अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्