विराटनगर । विराटनगर जुनियर जेसीजको ३१औँ निर्वाचन प्रक्रियाबाट वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन भएको छ। जुनियर जेसि ओम जोगी अध्यक्षमा नयाँ नेतृत्व चयन भएका हुन् । निर्वाचनबाट कार्यकारिणी उपाध्यक्षमा आदित्य कोइराला, सम्युक्ता पोखरेल , आरोग्य कोइराला निर्वाचित भएका छन्। त्यस्तै, महा-सचिव रक्श्रिता तिमल्सिना, तालिम निर्देशकमा मदन नेपाल,कानुनि शल्लहकार आर्वि तिमल्सिना र कोषाध्क्षयमा श्रिजेष कटेल निर्वाचित भएका छन्।
यसैगरी उपाध्यक्षमा आदर्श आचार्य, शुहानी श्रेष्ठ , रूकुल अमात्य र निशान्त भट्टराई निर्वाचित भएका छन्। संस्थाको जनसम्पर्क अधिकारीमा प्रतिग्या अधिकारी र स- सचिवमा एल्जिना थापा चयन भएकी छन्।
निर्वाचनपछि नवनिर्वाचित अध्यक्ष ओम जोगीले विराटनगर जुनियर जेसीजलाई अझ सशक्त, अनुशासित र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे।
निर्वाचन आयुक्त गौरव कर्णले निर्वाचन प्रक्रिया शान्तिपूर्ण र निष्पक्ष ढङ्गले सम्पन्न भएको जानकारी दिए। निर्धारित कार्यतालिकाअनुसार सदस्यहरूको उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न भएको उनले बताए।
नवनिर्वाचित कार्यसमितिलाई पूर्व पदाधिकारी तथा शुभेच्छुकहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।